‘सरकारलाई अझ प्रभावकारी काम गर्न एमाले बैठकको निर्देशन
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालेले नै गरिरहेको हुँदा जारी केन्द्रीय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनु भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् ।
सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्र बलियो : मन्त्री थापा
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।
इसिडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री
शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माइतीघर मण्डलामा उभिएर विरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्नुभएको छ ।
दुई होइन, नेपाल तीन ढुङ्गाबिचको तरुल
बदलिँदो विश्व परिवेशसँगै नेपालको भू–राजनीतिक संवेदनशीलता बढ्दो छ । महाशक्ति बन्ने होडमा छिमेकी मुलुक चीन र उदीयमान शक्ति अर्का छिमेकी भारत प्रतिस्पर्धामा हुँदा नेपालको परराष्ट्रनीतिका चुनौती पेचिलो बन्दै गएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्कनुभएको छ ।
सहकारीहरूले ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ ।
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ ।
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्राथमिकतामा पुनर्निर्माण
प्राकृतिक प्रकोपले भौतिक संरचनामा पु-याएको क्षतिको तत्काल मूल्याङ्कन गरी पुनर्निर्माणमा प्राथमिकता दिने गरी सरकारले अग्रसरता लिएको छ । विपत् जोखिम न्यूनीकरण
‘सरकारले प्रतिक्रियावादविरुद्ध सन्देश दिएको छ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक स्थायित्वको सन्देश दिएको बताउनुभएको छ । एमाले मुख्यालय च्यासलमा
पठन संस्कृतिले बौद्धिक चेत बढाउँछ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताउनुभएको छ ।
पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ ।
एमालेको निष्कर्ष : अर्थतन्त्रमा सुधार आएको छ
सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ ।
मन्त्रीसमक्ष संस्कृत विश्वविद्यालयको प्रतिवेदन पेस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समिति, २०८१ ले आफ्नो प्रतिवेदन पेश गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा शिक्षा मन्त्रालयमा मन्त्री भट्टराईसमक्ष सो प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म छैन : राष्ट्रपति पौडेल
मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताउनुभयो।
कर्णालीबाट विकासको मूल फुटाउन चाहेका छाैं : पूर्वमन्त्री शाही
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशबाट विकासको मूल फुटाउन खाजेको बताउनुभएको छ ।
‘क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्छ’
गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताउनु भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार सुरु भएको छ। धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ।
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको सो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
प्रगतिशील शक्ति मजबुत हुँदा प्रतिक्रियावादी आतङ्कित : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनुभएको छ ।
अब स्वतन्त्र जीवन बाँच्न चाहन्छु : खनाल
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अहिले आफू राजनीतिक दलबाट स्वतन्त्र हुन चाहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले आफू पहिलेदेखि नै निष्क्रिय रहेको र अब स्वतन्त्र जीवन जिउनका लागि राजनीतिबाट टाढा हुन खोजेको उहाँको भनाइ छ ।
एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, पुस २१ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी [एमाले] र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र]को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।यसैबीच, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ ।संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।