ऐश्वर्य बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका भट्ट बिजयी
कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले डेढ दशकपछि स्ववियु निर्वाचनमा विजय प्राप्त गरेको छ ।
चतुर्भुजेश्वर सभापतिमा अनेरास्ववियुका घिमिरे बिजयी
सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार घिमिरे प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय (सूचिसहित)
सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
धवलागिरि क्याम्पस सभापतिमा अनेरास्ववियुकी शेख
स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी हुनुभएको छ ।
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
हेटौँडा क्याम्पसमा अनेरास्ववियुका मैनाली विजयी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । बुधवार बिहान सम्पन्न भएको मतगणनाअनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो ।
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : सांसद पासवान
काठमाडौँ, चैत ६ गते । विगत पाँच वर्षदेखि म राष्ट्रियसभाको सदस्य छु । यो सभाअन्तर्गतको ‘विधायन व्यवस्थापन’ समितिमा रहेर पनि काम गर्दै आएको छु । राष्ट्रियसभाका सदस्यको मुख्य भूमिका भनेको कानुन बनाउने हो, जुन काम राष्ट्रियसभाले सक्रियताका साथ गरिरहेको छ । दलित समुदायभित्र पनि तराई मधेसका दलितको प्रतिनिधित्व गरेर राष्ट्रियसभामा आएको हु । दलित समुदायभित्र पनि तराईका दलितको आर्थिक अवस्था अत्यन्त नाजुक छ । राजनीतिक र सांस्कृतिक अवस्था पनि कमजोर छ । नेपालको जनसङ्ख्यामा दलितको कुल जनसङ्ख्या ३५ लाख ५३ हजार ६८ (१३.४ प्रतिशत) छ, जसमध्ये पहाडी दलित २३ लाख नौ हजार छ सय २२ (६५ प्रतिशत) छन् । मधेसी दलितको जनसङ्ख्या १२ लाख ४३ हजार चार सय ४६ (३५ प्रतिशत) छ । मधेस प्रदेशको कुल जनसङ्ख्या आठ लाख ८४ हजार दुई सय १३ मध्ये १५.३५ प्रतिशत मधेसी दलित छन् । राज्यका निकायमा मधेसी दलितको सहभागिता न्यून जस्तै छ । मधेसी दलित समुदायबाट सङ्घीय संसद् र सरकारमा शून्य प्रतिनिधित्व छ । प्रदेशसभामा पनि जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व पुगेको छैन । एक सय सात सदस्यीय प्रदेशसभामा पाँच जना मात्र दलित सांसद छन् ।प्रत्यक्ष निर्वाचित सांसद एक जना मात्र हुनुहुन्छ । नेकपा (एमाले) का नेता लखनदास तत्मा धनुषा–२ (१) बाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगको विवरणअनुसार चार समानुपातिक सांसद छन् । समानुपातिकतर्फ जनता समाजवादी पार्टीबाट ललिता दास, जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खङ्ग, नेकपा (एमाले) बाट पल्टीदेवी महरा र नेपाली कांग्रेसबाट नीलमकुमारी रजक दलित सांसद हुनुहुन्छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये प्रमुखमा एक जना मधेसी दलित मात्रै निर्वाचित हुनुभएको थियो । उपप्रमुख जित्ने दुई जना हुनुहुन्छ । त्यसैगरी, एक हजार दुई सय ७१ वडामध्ये २६ वटामा मात्र दलितले जितेका छन् । कानुनले नै बाध्यकारी बनाएको दलित महिला पदबाहेक अन्य सदस्यमा तीन सय ४७ जनाले जितेका छन् । यो माथिको तथ्य हेरियो भने पनि नीतिनिर्माण तहमा मधेसी दलितको प्रतिनिधित्व अत्यन्त कमजोर छ । त्यसैले मधेसी दलित समुदायको प्रतिनिधित्व जनसङ्ख्याको आधारमा हुनुपर्छ । मधेस प्रदेशमा जातीय भेदभाव तथा छुवाछूतको समस्या उस्तै छ । अहिले पनि भोजभतेरमा दलित समुदायलाई विभेद गरिन्छ । जातीय भेदभाव तथा छुवाछूतका घटना भएपछि ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८’ अनुसार उजुरी दिँदा पनि प्रहरी प्रशासनले कारबाही गर्न मान्दैन । कार्यान्वयन गर्न नसक्नुको कारण भनेको राजनीतिक दलहरूले स्थानीय तहमै मिलापत्र गरिदिने चलन छ । समाज परिवर्तनमा राजनीतिक दलहरु नै बाधक बन्ने गरेका छन् । तराईमा अहिले पनि जातीयताकै कारण मधेसी दलित महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना भइरहेका छन् । नेताले कार्यकर्ता बचाउने काम गर्दा पीडितले न्याय पाउन सकेका छैनन् । संसद्मा पटकपटक आवाज उठाउँदा पनि सरकारले सुनिरहेको पाइन्न । सिरहामा दलितलाई छुट्टै राखेर भोज खुवाएको घटनामा राष्ट्रियसभामा पटकपटक आवाज उठाउँदा पनि सरकारले सुनेन । त्यो बेलामा मैले एक्लै संसद् घेराउ गरेको थिएँ । त्यसपछि मात्रै मुद्दा दर्ता भएको थियो । मधेसका जिल्लामा पटकपटक अन्तरजातीय विवाहसम्बन्धीका घटना भइरहेका हुन्छन् । तर राज्यले त्यसलाई गम्भीरतापूर्वक लिएको हुँदैन । दलितको सवालमा संविधानको प्रस्तावना, धारा २४ र ४० को पनि व्यावहारिक रूपमा कार्यान्वयन हुनसकेको छैन । अहिलेसम्म पनि कानुन बन्न सकेको छैन । जबसम्म राज्य इमान्दार हुँदैन तबसम्म समग्र दलित समुदायको समस्या समाधान हुन सक्दैन । मधेसी समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन । अहिले संविधान संशोधनको चर्चा चलिरहेको छ । तर संविधान संशोधनको विषय के हो भन्ने कुरा कसैलाई थाहा छैन । संशोधन गर्नुभन्दा पहिला त विषयमा प्रष्ट हुनुपर्ने होला नि ? यदि समानुपातिक समावेशी सवालमा संशोधन गर्ने हो भने सीमान्तकृत समुदायको निम्ति ठूलो अपमान हुन्छ । संशोधनको नाममा सीमान्तकृत समुदायको अधिकार खोस्ने खतरा पनि उत्तिकै छ । त्यसैले सचेत हुन जरुरी छ । सङ्घीयताका बारेमा बाहिर मिडियामा जे प्रचार गरिएको छ, त्यो गलत छ । सङ्घीयता भनेको जनताले छिटो सेवा पाउने, सुविधा पाउने विषयसँग जोडिएको छ । यसलाई बलियो बनाउन प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । अधिकार सबै सङ्घीय सरकारमा थुपार्ने अनि कसरी सङ्घीयता सुदृढ हुन्छ ? जनतालाई सुशासनको प्रत्याभूति गराउन सकेको खण्डमा सङ्घीयता झन् बलियो हुन्छ । सुशासनको निम्ति सरकारका कामकारबाही पारदर्शी हुनुपर्छ । विभिन्न मुद्दाका आरोपीमाथि कारबाही हुनसकेको छैन । मिटरब्याजपीडितको समस्या सुल्झेको छैन । व्यवस्था परिवर्तन भएको छ तर जनताको अवस्था परिवर्तन नहुनुको मुख्य कारण भनेको देशमा रोजगारीको सृजना नहुनु हो । देशमा उद्योग, कलकारखाना बन्द गरेर जनताको अवस्थामा परिवर्तन हुँदैन । गरिब युवा महँगो ब्याजमा ऋण काडेर विदेशिन बाध्य छन् । जबसम्म हामीले उत्पादनमा ध्यान दिँदैनौँ तबसम्म जनताको अवस्थामा परिवर्तन आउँदैन । माध्यमिक विद्यालय परीक्षा (एसइई) दिँदासम्म नेपाली विद्यार्थी नेपालमै हुन्छन् । तर एसइईपछि विस्तारै विदेशिनेक्रम सुरु हुन्छ । एसइईमा प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा विद्यार्थी सहभागी हुन्छन् । दश जोड दुईमा आउँदा त्यो सङ्ख्या चार लाख हुन्छ । त्यसपछि त्यो सङ्ख्या ह्वात्तै घटेर दुई लाख हुन्छ । १२ कक्षा उत्तीर्ण भएपछि सबै नेपाली विद्यार्थीको चाहना विदेश जाने देखिएको छ । यसको मूल जड भनेको हाम्रो शिक्षा प्रणाली नै व्यावहारिक छैन । विदेशमा पढ्दै काम गर्दै गर्न सकिन्छ । हाम्रो देशमा त्यस्तो शिक्षा प्रणाली छैन । देशको अवस्था देखेर युवापुस्तामा निराशा बढ्दो छ । मेरो अबको भूमिका भनेको दलित समुदायको निम्ति एकीकृत कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुन्छ । नौ वर्षसम्म संविधानअनुसार दलितका लागि कानुन निर्माण हुनसकेको छैन । जनताको सवाललाई संसद्मा उठाउने र सरकारको ध्यानाकर्षण गराउनमा मेरो भूमिका रहन्छ । राष्ट्रियसभा सदस्य राधेश्याम पासवान विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । रासस
मन्थली क्याम्पसमा अनेरास्ववियु विजयी
रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा एक सदस्य पद बाहेक सबै पदमा अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् ।
सल्यानका सात क्याम्पसले पाए स्ववियु सभापति
सल्यानका सातवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ नेतृत्व चएन भएको छ । तीनवटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
निर्मल बहुमुखी क्याम्पस अध्यक्षमा अनेरास्ववियुका भण्डारी निर्वाचित
स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी हुनुभएको छ ।
'एसइईलाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य भएको छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
परराष्ट्रमन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री जयशंकरबिच द्विपक्षीय वार्ता
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
धनकुटामा चार क्याम्पसको नतिजा : तीनमा अनेरास्ववियु र एक नेविसंघ विजयी
धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन्। मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियु र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो।
प्युठान क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका ओली निर्वाचित
सदरमुकाम खलङ्गास्थित प्युठान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रमोद ओली विजयी हुनुभएको छ।
अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल
प्रतिनिधिसभा, अर्थ समितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि आज छलफल भएको छ । विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले भन्सारका कर्मचारीलाई विभागीय कारबाहीको विषय हटाएको छ ।
ज्ञानोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी
बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी हुनुभएको छ।
विवाद बढेपछि निर्वाचन रोकियो
मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बुहमुखी क्याम्पसमा मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
स्ववियु निर्वाचन शान्तिपूर्ण : चारवटा क्याम्पसमा पाँच सय ९१ मत खस्यो
सदरमुकामको पाँचथर बहुमुखीसहित यासोक, रवि र थर्पु क्याम्पसमा बिहान ८ बजे मतदान सुरु भएर शान्तिपूर्ण रुपमा निर्धारित समयमै सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान, २२ मा समझदारीको प्रयास
त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताउनुभएको छ ।
पालुङ क्याम्पस तनावग्रस्त, तालाबन्दीपछि निर्वाचन समितिद्वारा राजिनामा
मकवानपुरको पालुङ बुहमुखी क्याम्पसमा आज मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।
परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ।
नव–निर्वाचित स्ववियु समितिको पदस्थापन
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नव–निर्वाचित समितिको पदस्थापन भएको छ । सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिको मङ्गलबार पदस्थापन भएको हो ।