• ५ चैत २०८१, मङ्गलबार

स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान, २२ मा समझदारीको प्रयास

blog

मतदान गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी । तस्बिर:केशब गुरुङ

काठमाडौँ, चैत ५ गते। त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ।

 त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।

 त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्रका ११ र उपत्यका बाहिरका विभिन्न ११ क्याम्पसमा आज स्ववियु निर्वाचन हुन सकेन।

 उहाँले निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन प्रक्रिया व्यवस्थित गर्नलाई समझदारीको प्रयास भइरहेको बताउनुभयो।

 उहाँले भन्नुभयो, “उपत्यकाभित्रका ११ र उपत्यका बाहिरका ११ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया व्यवस्थित गर्नलाई समझदारीको प्रयास भइरहेको छ। आज २२ वटा क्याम्पसमा निर्वाचन भएन। ३८ वटा क्याम्पसमा मतदान भइरहेको छ।”

उहाँका अनुसार कुनै क्याम्पसमा ९७ प्रतिशतसम्म भोट खसेको भन्नुहुँदै औसतमा ६० देखि ६५ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिनुभयो।