सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्बन गर्नुपर्छः सांसद जबरा
सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ ।
विवाद चर्किएपछि कृष्णमान प्रधानद्वारा उम्मेदवारी फिर्ता
निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
सहकारीको रकम हिनामिना : विदेश फरार १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीलाई आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपंक्षी विकाससम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।
राष्ट्रपतिद्वारा अभिलेख संरक्षणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
एमाले सचिवालय बैठक बिहीबार बस्ने
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नेछ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्यो
संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले स्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
सुदूरपश्चिमका भूमि व्यवस्था मन्त्री थापा बर्खास्त
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो ।
कारागार र बाल सुधारगृहको सुधार आवश्यक : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधारगृहको सुधारमा तिनै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सङ्घीय संसद्को कानुन न्याय तथा मानव अधिकार स
समृद्धिको कार्ययोजना प्रस्तुत
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई गुणस्तरीय, छिटोछरितो सेवा दिने र समुन्नतिको मार्गमा राष्ट्रलाई अघि बढाउने सन्दर्भ सबै मन्त्रालयका सचिवसँग विस्तृत कार्ययोजनाबारे जानकारी लिनुभएको छ ।
सचिवको बिफ्रिङ, मङ्गलबार प्रधानमन्त्रीले निर्देशन दिने
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिनुभएको हो।
पार्टी संसदीय दलको उपनेता बनाउनुपर्छ
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।
नागरिकता विवादमा आएका सेनाका उच्च पदस्थमाथि छानबिन होस् : सांसद राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरूको नागरिकता छानबिन गर्न सरकार र संसदीय समितिलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभा शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारको कमजोरी भेटिए खरो ढङ्गले अभिव्यक्ति दिन्छौँ
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ।
सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ । बेँसीसहर नगरपालिका-९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।
संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।
जहाज दुर्घटनाका मृतकको शव आफन्तले बुझेको संसद्लाई जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराउनुभएको छ ।
देशलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ ।
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ।