विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताउनुभएको छ ।
कानुन परिवर्तन गरेर त्रिभुवन विश्वविद्यालय सुधार गर्नुपर्छ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानुनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ ।
पत्रकारितामा ‘कपीपेष्ट’ प्रवृत्ति मौलायो : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रमा एकले अर्काको समाचार तथा समाचाजन्य सामग्री ‘कपीपेष्ट’ गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ ।
नेपाली वस्तु निर्यात गर्दा बिआइएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रको माग
नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा बिआइएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रले माग गरेको छ ।
रविको मुद्दामा जवाफी बहस जारी
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस जारी छ । प्रतिवादीहरुको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार पनि जारी छ ।
वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन
नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ ।
विभागीय कर्मचारीमाथि पूर्वाग्रह गरेको छैनः मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पार्नुभएको छ ।
रविको मुद्दामा आजै आदेश आउन सक्ने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
अर्थतन्त्र चलायमान बनाउन सुझाव
बजेट कार्यान्वयनलाई प्रभावकारी र खर्च वृद्धिका लागि चालु आर्थिक वर्षमा नयाँ ठेक्का नलगाउन सुझाव दिइएको छ । अर्थतन्त्र सुधारका लागि स
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका –८ मा आयोजित ३४ औँ प्याब्सन दिवस कार्यक्रमलाई आज उहाँले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई नमुना बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै नमुना विश्वविद्यालय बनाउनेगरी भूमिका बढाउन सम्बद्ध सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।
संविधान कार्यान्वयन गर्न ऐन कानुन बन्नुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघीयता र संविधानको सफल कार्यान्वयनका लागि अति आवश्यक ऐन कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
राजेन्द्रको ज्याकेट सम्झिरहेको छु : प्रचण्ड
‘राजेन्द्रको ज्याकेट सम्झिराखेको छु। उहाँले गरिरहेको तर्क सम्झिराखेको छु। एउटा बौद्धिक, तर्कशील युवा हुनुहुन्थ्यो’, राजेन्द्र ढकाल ‘चेतन’को २६ औं स्मरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो।
क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
विद्युत क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ।
परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ ।
‘जनतासँग जसपा नेपाल’ अभियानमा अध्यक्ष यादव सप्तरीमा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नुभएको छ ।
नेपालीहरु शान्तिबाट समेत पीडित बनेका छन् : पूर्व कानुनमन्त्री शर्मा
पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुङ्गिन सकेन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ ।
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी
निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित हुनुभएको छ । मङ्गलबार भएको मतदानमा १६३ मत ल्याई अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गर्नुभयो ।
काठमाडौंमा एनआरएनको एकता महाधिवेशन मे ३ देखि हुने
आगामी मे ३ देखि ५ गतेसम्म काठमाडौंमा गैर आवासीय नेपाली संघ एनआरएन को एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
चीनको स्वायत्त क्षेत्र तिब्बतमा मङ्गलबार बिहान गएको ७ म्याग्निच्युडको भूकम्पले जनधनको क्षति पु¥याएकोमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।