एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोरः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताउनुभएको हो ।
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।
संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताउनुभएको छ ।
पुनर्निर्माण योजना स्वीकृत
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ को मनसुनजन्य विपत्पश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि योजना स्वीकृत गरेको छ ।
सबैलाई समेटेको यो संविधान उत्कृष्ट छ : प्रमुख मियाँ
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले अहिलेको संविधान उकृष्ट भएको बताउनुभएको छ । गृह जिल्ला अर्घाखाँची आउनु भएका मियाले आइतबार पत्रकारसँग कुरा गर्दै सबै क्षेत्रलाई समेटी बनाएको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।
राजनीति गर्नेले सत्ता र पदको लोभ गर्नु हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ।
विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ।
‘सार्वजनिक पदको शपथ व्यहोरा सच्याउनुपर्छ’
सूचनाको हक र पद तथा गोपनीयताको शपथको व्यहोरा बाझिएको भन्दै दलका नेताहरूले शपथको व्यहोरा सच्याउनुपर्ने पक्षमा हुनुहुन्छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सूचनासम्बन्धी अधिकार नागरिकमा प्रत्याभूत गरेकाले पद तथा गोपनीयताको शपथको व्यहोरा सच्याउनु पर्ने पक्षमा उभिनुभएको हो ।
सहकारी ठगी आरोपित पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ।
महान्यायाधिवक्ता कार्यालयः ६८.२७ प्रतिशत मुद्दामा सफलता
महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ।
भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन्।
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ।
संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ ।
कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस
कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
संसद् किन बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
संसद्काे अधिवेशन नचल्दा सरकारले अध्यादेश ल्याउनसक्छ : उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्काे अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताउनुभएको छ ।
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन पेस गरिएको छ ।
अध्यादेशमार्फत फुकाइँदै लगानीका अवरोध
मुलुकभित्र लगानीलाई अवरोध पारिरहेका कानुनी प्रबन्धहरूलाई सरकारले संशोधनमार्फत सहज बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
माघी पर्वलाई गौरवपूर्ण रूपमा मनाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्वलाई प्रदेशको ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउन आवश्यक रहेको बताउनुभएको छ ।
‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्छ’
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
मेला र महोत्सवमा आयतित वस्तु बिक्री गर्नु हुँदैनः मन्त्री पौडेल
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेला तथा महोत्सवमा आयतित समान बिक्री नगर्न आग्रह गर्नुभएको छ।
‘स्वास्थ्यमा जनतालाई अनुभूति हुनेगरी परिवर्तन गछौं’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललेले सरकारले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको बताउनु भएको छ ।
‘युवा विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउनुपर्छ’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी दाङको शनिबार भवन उदघाटन गर्दै महासचिव पोखरेलले देशमा गणतन्त्र स्थापना गर्न शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।