अध्यादेश ठिक नभएको निष्कर्ष
समाजवादी मोर्चा नेपालले संसदीय समितिमा विचाराधीन अवस्थामा विधेयक भएको बेला अध्यादेश ल्याउनु ठिक नभएको निष्कर्ष निकालेको छ ।
समन्वय र सहकार्य गरी नागरिकलाई सुसूचित बनाउनु पर्छ
सार्वजनिक सेवा प्रसारण नेपालले समानतामूलक समाजको निर्माण गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन नवीनतम् अभ्यास आरम्भ गर्नुपर्ने सुझाव विज्ञले दिएका छन् ।
फरक मतपछि छलफल लम्बियो
सम्पत्ति र दायित्व सर्ने विषय कानुनसँग बाझिएपछि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथिको दफावार छलफल लम्बिने भएको छ ।
सांसद चौधरीविरुद्धको रिट खारेज
सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उहाँको सांसद पद जोगिएको छ ।
६० लाख धरौटी बुझाएर सभापति लामिछाने रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तरणको तयारी भइराखेको छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताउनुभएको छ।
लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ। उहाँले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ।
मधेसमा मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस
मधेश प्रदेशमा २७ औं भूकम्प सुरक्षा दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भने मूलनाराका साथ मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार विहान मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रभात फेरि, भूकम्प सुरक्षा प्रर्दशनी तथा भूकम्पबाट जोगिन अपनाउनु पर्ने सावधानी विषयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
यो सरकार ८४ निर्वाचनसम्म चल्छ : सचिव भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकार ८४ को निर्वाचनसम्मै चल्ने बताउनुभएको छ । प्रेस चौतारी दोलखाले बुधबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले सरकारको स्थायित्व नहुँँदा धेरै समस्या भएकाले हालको सरकार ८४ सालको निर्वाचनसम्म टिक्ने बताउनुभएको हो ।
‘सुशासन र विकासका लागि अध्यादेशहरु ल्याइयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताउनु भएको छ ।
समाजवादी मोर्चाले काठमाडौँमा खबरदारी सभा गर्ने
बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।
भूकम्प सुरक्षाका लागि पूर्वतयारीमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिनुभएको छ ।
आशिका तामाङ पक्राउ
प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको मुद्दामा तामाङ पक्राउ परेका हुन् ।
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री
नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक सुरु भएको छ । बुधबार बिहान माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय जनाएको छ ।
भूकम्पीय जोखिमबाट बच्न पूर्व तयारी आवश्यकः प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्व तयारी आवश्यक भएको बताउनुभएको छ ।
समृद्धिको सङ्कल्प पूरा हुन्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुशासनको माध्यमबाट राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समुन्नत नेपाल बनाउने सङ्कल्प पूरा हुने बताउनुभएको छ ।
आवश्यकताले अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ । नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ति पर्वको उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राख्नुभयो ।
संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्छ : गच्छदार
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताउनुभएको छ।
हामीसँग देश विकासको प्रष्ट भिजन छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताउनुभयो । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धित सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग देश विकासको प्रष्ट भिजन छ ।”