रास्वपाद्वारा संसद् अवरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसद् अवरोध गरेका छ । मङ्गलबार बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपाले संसद् अवरोध गरेका हुन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा सढेर सुनाउनुहुने छ ।
मधेश सरकारबाट आठ राज्यमन्त्रीलाई हटाउन सिफारिस
मधेश प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउनका लागि सिफारिस गरेको छ । प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाउनका लागि प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिफारिस गर्नुभएको हो ।
भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । मङ्गलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो ।
युवामा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो रहेको बताउनुभयो ।
मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि धारणा राख्ने क्रम जारी रहेको हो ।
रिक्त चौतिस पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ ।
पाँच लाख नयाँ सङ्गठित सदस्य थप्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत सङ्गठन निर्माण अभियान सुरु गर्दैछ ।
राष्ट्रपति पौडेलसमक्ष अष्ट्रेलियाका राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गर्नुभएको छ ।
पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
सुशील कोइरालाको जन्मजयन्ती : आश्रममा आश्रित २३५ जनालाई खाना वितरण
नेपाली कांग्रेस बाँकेले विविध कार्यक्रम गरेर नेपालगन्ज निवासी नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८६ औँ जन्मजयन्ती मनाएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ ।
परराष्ट्र मन्त्रीसँग भारतका विदेश सचिवको शिष्टाचार भेट : नेपाललाई थप हवाई रुट उपलब्ध गराउन प्रस्ताव
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनु हुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ । सो दिन बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिनुभयो ।
क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार : राजदूत पौड्याल
क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभएको छ।
युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।
भारत भ्रमण सकेर उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता
बिमिस्टेक सम्मेलनका लागि भारत जानुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
मुख्यमन्त्री शाहलाई भेट्न नमिल्ने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नु भएको छ ।
दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील हुनु पर्छ
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् । साउन २३ गतेदेखि जारी बैठकमा आइतबार बोल्ने नेताहरूले बङ्गलादेशको प्रदर्शन र सत्ता उलटफेरबाट नेपाल बेलैमा सचेत र संवेदनशील हुनुपर्ने बताएका हुन् ।
प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ ।