सुदूरपश्चिम प्रदेश सभा : अवरोध हटाउने विषयमा छलफल
सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो । बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताउनुभयो ।
मन्त्रीको सेवा, सुविधाको रकम समाजसेवामा
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधावापत पाउने सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ। प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहनुभएका उहाँले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गर्नुभएको हो।
बर्दियामा एमालेको जागरण अभियान
नेकपा एमाले बर्दियाले बर्दियाको गुलरियामा जागरण अभियान सञ्चालन गरेको छ ।
एमाले कार्यवाहक अध्यक्ष पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ।
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताउनु भएको छ।
राजावादीले अराजकता मच्चाए : पूर्व प्रधानमन्त्री नेपाल
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजावादीको नाममा भइरहेको अराजक गतिविधि कुनै ‘ग्रान्ड डिजाइन’ अन्तरगत भएको टिप्पणी गर्नुभएको छ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः सांसद गिरी
नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सांसद गिरीले यस्तो बताउनुभएको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं : राप्रपा सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरू थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो बताउनुभएको हो ।
हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफलः सचिव भट्टराई
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
नेपाल सरकार, भारतीय दूतावास र विभिन्न नौ स्थानीय तहबिच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
गण्डकीका मन्त्री थापाको कार्यकाल : ७९ लाख सामाजिक कार्यमा खर्च
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आफूले सेवा, सुविधाबापत पाउने सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ । प्रदेशसभाको अघिल्लो कार्यकालमा समेत सांसद रहनुभएका उहाँले सात वर्षको अवधिमा ७९ लाख ४२ हजार तीन सय २४ रुपियाँ सामाजिक कार्यमा खर्च गर्नुभएको हो ।
प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान गर्नुभएपछि प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली मङ्गलबार दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक
प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।
प्रतिनिधिसभा बैठक
प्रतिनिधि सभा बैठक
संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य
सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।
राप्रपाका सांसद दीपक बोहोराको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो ।
सरकारले म्यानमारमा सहायता सामग्री पठाउने
नेपाल सरकारले म्यानमारमा हालै गएको भूकम्पका पीडितहरूका लागि खाद्यान्न लगायतका सहायता सामग्री पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सो निर्णय गरेको हो ।
रारा क्याम्पसको स्ववियु सभापतिमा जयलक्ष्मी विजयी
हरिकृष्ण ऐडीमुगु, चैत १९ गते । रारा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा जयलक्ष्मी रावल भाम निर्वाचित हुनु भएको छ । चैत १८ गते सम्पन्न निर्वाचनबाट ७३ मत प्राप्त गरी जयलक्ष्मी सभापतिमा निर्वाचित भएकी हुन् ।उहाँ नेपाल विद्यार्थी सङ्घबाट उम्मेदवारी दिनुभएको थियो । त्यसै गरी, अखिल क्रान्तिकारीबाट सचिवमा औसरा बुढा, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी पञ्चमा सेजुवाल विजयी भएकी छन्। यस्तै अखिल क्रान्तिकारीका मनोज शाहीले ६७ मत र अनेरास्ववियुका रेखा कार्कीले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत लाल केशर रोकायाले जानकारी दिनुभयो।निर्वाचन अधिकृत रोकायाका अनुसार समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ९ मत,अनेरास्ववियुले ६५ मत, नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले ६ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन् ।
कर्णाली प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य
मुना हमालसुर्खेत, चैत १९ गते । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे तथा पाँचौँ अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको हो । प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाउनु भएको थियो । गत माघ ७ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेन्ड समय व्यतीत भएको छ । यस अवधिमा प्रदेश सभाले विभिन्न महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ । अधिवेशनले लामो समयदेखि नेतृत्व विहीन रहेका अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन गरेको छ । सभामुख नन्दा गुरुङले महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुका गरेको जानकारी दिनुभयो । यस अधिवेशनमा सात वटा विधेयक पारित भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बिउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएका छन् । प्रदेश सभा बैठकमा कर्णाली प्रदेश स्थानीय सेवाको गठन , सञ्चालन र सेवाका सर्त सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएर छलफल अघि बढेको छ । यस्तै हिउँदे अधिवेशनमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नु भएको थियो । माघ फागुन २३ गते प्रधानमन्त्री ओलीले प्रदेश सभाको बैठकमा सम्बोधन गर्नु भएको थियो ।
संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबारसम्ममा स्ववियु निर्वाचन हुनैपर्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १८ वटा आङ्गिक क्याम्पसमा बुधबारभित्र निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ ।
संवैधानिक परिषद् विधेयक पारित
प्रतिनिधि सभामा विचाराधीन भएको दुई वर्षपछि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक पारित भएको छ । समितिको प्रतिवेदन सभामा पेस भएको करिब एक वर्षपछि विधेयक पारित भएको हो । समितिको प्रतिवेदन अनुसारै विधेयक पारित भएको छ । पारित विधेयक अब माथिल्लो सभामा जाने छ ।