प्रधानमन्त्री नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्धको रिटमा सुनुवाइ हुँदैछ ।बुधबार सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।
अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियाका राजदूत भोल्कको बिदाइ भेट
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
मिडिया काउन्सिल विधेयकमाथि थप छलफल हुने
अध्यक्ष नियुक्तिको सिफारिस र छानबिन समितिबारे विधायन व्यवस्थापन समितिमा सहमति नभएपछि मिडिया काउन्सिल विधेयक–२०८० को दुवै व्यवस्थामाथि सरोकारवालासँग थप छलफल हुने भएको छ । दुवै विषयमा समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राय बाझिएको छ ।
प्रतिवेदन सभामा पेस
बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले प्रतिवेदन मङ्गलबार सभामा पेस गर्नुभएको हो । साउन २४ गतेको समिति बैठकले विधेयकको प्रतिवेदन पारित गरेको थियो । प्रतिनिधि सभामा विचाराधीन भएको डेढ वर्षपछि समितिले विधेयकको दफाबार छलफल सकेर प्रतिवेदन सभामा पेस गरेको हो ।
एसिडी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीलाई कतारका राजाको निमन्त्रणा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ।
समाज बिथोल्ने कुनै आन्दोलन गरिनु हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन गर्न नहुने बताउनुभएको छ ।
टिआरसी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।
मधेश प्रदेशमा मन्त्री परिषद् पुनर्गठन : आठ राज्यमन्त्री हटाइए
मधेश प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएको छ । मङ्गबार मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो ।
प्रतिनिधि सभामा विधेयक पेस
प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ ।
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ ।
समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।
१६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गर्ने सरकारको निर्णय
सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ।
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो ।
नमुना राष्ट्रसंघको गोष्ठी कपनमा हुने
नमुना संयुक्त राष्ट्रसंघको तीनदिने नवौँ राष्ट्रिय गोष्ठी आउँदो साउन ३१ गते कपनमा आयोजना हुने भएको छ।
विद्युत् महसुल विवाद समाधान गर्न संसदीय समिति बनाऔं : सांसद शाही
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाइनको वक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ।
अध्यादेश सर्वसम्मतले स्वीकृत
सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।
उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सार्कका विविध पक्षबारे छलफल
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबिच छलफल भएको छ ।
सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिबद्ध : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानुन ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हवाई दुर्घटनाले नियामक निकायको नियमन फेल : सांसद गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गौतमले यस्तो बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै
आजको बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह विष्टले सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।