‘काम एमालेको प्रचार अरूको’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले एमालेले गरेको राम्रो कामको प्रचार हुन नसकेको बताउनुभएको छ ।
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
प्रदेश समन्वय परिषद् निष्क्रिय
प्रदेश समन्वय परिषद्को बैठक समयमा नै नबस्ने र बैठक बसे पनि निर्णय कार्यान्वयन नहुँदा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय तहलाई पर्ने गरेको छ । स्थानीय तहका नीतिगत सामञ्जस्य, रणनीतिक साझेदारी, साझा अधिकार एवं प्राकृतिक स्रोतको अधिकार बाँडफाँटलगायतका कतिपय विषयमा प्रदेश समन्वय परिषद्ले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
‘सञ्चार माध्यममा महिलाको आवाज आउँदैन’
बागमती प्रदेशका महिला सांसदहरुले सञ्चारकर्मीसँग गुनासो गर्दै संसद बैठकमा बोलिएका कुराहरु सञ्चार माध्यममा नआएको टिप्पणी गर्नुभएको छ ।
अब प्रतिगमनलाई जनताले स्वीकार गर्दैनन् : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ।
तराई–मधेस केन्द्रित सात दलले गरे ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा
तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो।
ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालतमा रिट दर्ता
नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ।
‘वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशतमा मिर्गौलाको समस्या छ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किने ४० प्रतिशत नेपालीमा मिर्गौलासम्बन्धी रोग देखिएको बताउनुभएको छ । गोरखापत्र पदाधिकारीहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो ।
परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङको भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबिच बिहीबार बैंककमा भेटवार्ता भएको छ।
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पुनः थालिएको बताउनुभएको छ ।
नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो : सञ्चारमन्त्री गुरुङ
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । नेपाल पछाडि फर्कने कुनै सम्भावना नभएको उहाँको भनाइ छ ।
तीनकुने घटनाबारे जानकारी लिन कानुन समितिले बोलायो गृहमन्त्री
कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेको छ ।
उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीरबिच भेटर्वार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालस्थित बङ्गलादेशी दूतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटर्वार्ता गर्नुभएको छ ।
प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटर्वार्ता
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबिच बिहीबार भेटर्वार्ता भएको छ ।
मानव जातिको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यवसायीको भेटवार्ता
थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्यान्डका वरिष्ठ व्यवसायीहरूको भेटवार्ता भएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आवश्यक : पूर्वमन्त्री खनाल
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
धार्मिक पर्यटन प्रवर्धनमा जोड दिऔं : मुख्यमन्त्री पाण्डे
बागलुङको हरेक वर्षजस्तै यस वर्ष पनि चैते दसैँको अवसरमा बागलुङ–कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको ऐतिहासिक चैत्राष्टमी मेलाको आयोजना गरेको हो ।
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा
काठमाडौँ, चैत २१ गते । तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको बताउनुभयो । “आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने गरी छलफल भइरहेको छ”, जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहनुभएका उहाँले भन्नुभयो, “नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।”संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ–आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तिब्रता पाएको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउनेगरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताउनुभयो । “पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।जनमत पार्टीका प्रवक्ता डा शरद् सिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताउनुभयो । “पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो, “केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ ।”प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् । “ हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ । सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ”, कार्यदल सदस्यसमेत रहनुभएका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भन्नुभयो ।जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य हुनुहुन्छ ।पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताउनुभयो । विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ हुनुहुन्छ । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहेका छन् ।
नौ दललाई नाम फेर्न निर्देशन
निर्वाचन आयोगले नौ राजनीतिक दललाई यथाशीघ्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । करिब एक वर्षअघि दिइएको निर्देशन पालना नभएको भन्दै आयोगले नौ दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको हो ।
राप्रपा नेता बोहराको अन्त्येष्टि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ।उहाँको उपचारको क्रममा मङ्गलबार निधन भएको थियो।
सरकारले जनताको विश्वास जित्नुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अब जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ। महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।