भूकम्प प्रतिरोधी संरचना बनाउनु आजको आवश्यकता : उपप्रधानमन्त्री
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहीता पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबिच समन्वय अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबिच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताउनुभएको छ ।
पुरानै कानुनमा अल्झिँदा भएन विकास
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठुलो फड्को मारिसक्दा पनि हामी पुरानै कानुनमा अल्झिँदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको बताउनुभएको छ ।
‘जनताको आय वृद्धि गर्ने गरी काम गर्नु पर्छ’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता, समानुपातिक, समावेशी प्रणालीसहित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
संसद् अधिवेशनबारे दलीय परामर्शमा सभामुख
सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख देवराज घिमिरेले दलीय परामर्श गर्नुभएको छ ।
कांग्रेसको निर्णय सरकार २०८४ सम्मै
नेपाली कांग्रेसले पार्टीभित्र साझा धारणा बनाएर संसद्को आगामी अधिवेशनमा प्रस्तुत हुने गरी छलफल अघि बढाएको छ ।
परराष्ट्रमन्त्री डा. राणालाई भारतीय समकक्षीको धन्यवाद
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज परेको भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएकामा भारतीय विदेशमन्त्री डा एस जयशंकरले मन्त्री डा. राणालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
पर्वतारोहीका लागि कल्याणकारी कोष बनाउँछौँ : मन्त्री पाण्डे
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणीका लागि कल्याणकारी कोष बनाउने उद्घोष गर्नुभएको छ।
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङकी ७४ वर्षीया छायादेवी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
माओवादीद्वारा प्रदेश सभा बैठक अवरुद्ध
नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठक विषयसूचीमा प्रवेश गर्न नपाइ माओवादीका प्रदेश सभा सदस्यहरुले अवरुद्ध गरेका हुन् ।
सरकार मुलुकको सङ्कट समाधानमा केन्द्रित छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले दुई ठुला पार्टी मिलेर बनेको सरकार मुलुकमा सङ्कट समाधानका लागि गठन भएको बताउनुभएको छ।
सभामुख र दलका प्रमुख सचेतकबिच छलफल
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे सत्तापक्ष र विपक्षी दलका प्रमख सचेतकसँग छलफल गर्नुभएको छ।
नेपाल र भारतको मित्रता लामो समयदेखि कायम छ:मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतको मित्रता र साझेदारी लामो समयदेखि कायम रहेको बताउनुभएको छ।
प्राथमिकता निर्धारण गरेर वित्तीय क्षेत्रको समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनुभएको छ।
शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
प्रेस सेन्टर मकवानपुरमा नयाँ नेतृत्व चयन
प्रेस सेन्टर नेपाल, मकवानपुर शाखाको छैटौँ जिल्ला अधिवेशनले यमप्रसाद शर्मा पौडेल (एमपी) को नेतृत्वमा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
दुई मुख्य दलबीचको सहकार्य मजबुत छः महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताउनुभएको छ ।
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश
नेपाली कांग्रेसले आर्थिक क्षेत्रलाई चलायमान बनाउनकै लागि अध्यादेश ल्याउनुपरेको प्रस्टीकरण दिएको छ ।
अर्थतन्त्रका सबै सूचकमा सुधार
अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको बताउनुभएको छ ।
अमेरिकाले वार्षिक करिब १० लाख मानिसलाई फिर्ता पठाउने
अमेरिका आप्रवासीको मुलुक हो । आप्रवासीकै पसिनाले अमेरिका अहिलेको अवस्थामा पुगेको हो तर गत हप्ताको शपथग्रहण सँगसँगै अमेरिकामा गैरकानुनी रूपमा रहे बसेका सबै आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले सबै कागजपत्रविहीन आप्रवासीको मनमा एउटा भयानक त्रासदी छाएको छ ।
खेल क्षेत्रको विकृति घटाउन पत्रकारको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेको विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्दै नेपाली कांग्रेस
साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ।