समाजलाई सङ्गठित गर्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजलाई अझै न्यायपूर्ण, शान्तिपूर्ण र समानताका आधारमा सङ्गठित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ ।
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको हो ।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर बजेट ल्याइने छः अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शानः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बजेटको तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
कर्णालीको विकास गर्न एक भएर अघि बढौं : नेकपा एसका केन्द्रीय उपाध्यक्ष ज्वाला
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि जनप्रतिनिधि एकजुट भएर ठोस योजना बोकेर अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा भगवान् महावीरको जन्म दिवसमा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
महाधिवेशनको समयावधि एक वर्ष थप्ने प्रवल सम्भावना : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रसको पन्ध्रौ महाधिवेशनको समयावधि एक वर्ष थप्न सकिने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।
वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
नेपाल र भारत बिचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बिच काठमाडौंंमा वार्ता सुरु भएको छ ।
दुर्गालक्ष्मीमा नेवि सङ्घका महरा प्यानलसहित विजयी
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का भुवन महरा निर्वाचित हुनुभएको छ।
जनताले महसुस गर्ने गरी काम गरौं : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महशुस गर्ने गरी विकासका कामहरु गर्नुपर्ने बताउनुभएको छ ।
ल क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाउन आदेश
काठमाडौँ, चैत्र २८ गते । आवधिक रूपमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको मितिमा नभएकाले यथाशीघ्र निर्वाचन गराई पाउँ भनी नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका नेताहरूले दायर गरेको रिट निवेदन उपर सुनवाइ गर्दै उच्च अदालत पाटनले तत्काल चुनावी प्रक्रिया अगाडि बढाउनु भन्दै अन्तरिम आदेश जारी गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्य तालिका रहेको भए तापनि नेपाल ल क्याम्पसमा विविध विवादका कारणले सङ्गठन दर्ता प्रक्रिया समेत सुरु हुन नसकेको अवस्थामा नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका विद्यार्थीहरूले यथाशीघ्र निर्वाचन सम्पन्न गराई पाउ भनी उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए। नेपाल विद्यार्थी सङ्घ नेपाल ल क्याम्पसका इकाई सभापति अधिवक्ता मोहम्मद माजीद प्रवेज, सचिव मनमोहन भट्ट एवं नेताहरू रुपेश खनाल, सुशान्त पराजुली, आयुष भण्डारी, विधिशा मिश्र एवं आशिष् थापाले क्याम्पस, निर्वाचन समिति एवं त्रिविको केन्द्रीय अनुगमन समितिलाई विपक्षी बनाई परमादेशको आदेश माग गर्दै रिट दायर गरेका थिए।अन्तरिम आदेश छलफलका लागि आज तोकिएको पेशीमा माननीय न्यायाधीश द्वय श्री श्यामकुमार भट्टराई र श्री कैलाश प्रसाद सुवेदीको संयुक्त इजलासले आवधिक निर्वाचन सुनिश्चित गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनी अन्तरिम आदेश जारी गरेको हो। रिट निवेदक अ।रुपेश खनाल बताउँछन्, त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल दुई वर्षको हुन्छ र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ बमोजिम निर्वाचन सम्पन्न गराउनुपर्ने कानुनी दायित्व क्याम्पसको रहेको थियो तर चैत ५ मा चुनाव हुन नसकेपछि थप १५ दिनभित्र मात्र चुनाव गराउन पाइने र चैत्र २० पछि चुनाव हुन नसक्ने भन्दै क्याम्पसले आफ्नो दायित्वबाट पन्छिन गरेको व्याख्यालाई आज अदालतले स्पष्ट गराउँदै चैत ५ पछिको १५ दिन निर्वाचन गराउन सकिने अन्तिम दिन नभई त्यसपछि पनि निर्वाचन हुन सक्ने सुनिश्चित गरेको छ।ू यससँगै विविध कारणले नेपाल ल क्याम्पसमा रोकिएको चुनावी प्रक्रिया सुरु गराउन बाटो खुलेको छ स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसको निर्वाचन सुनिश्चित बनेको छ।स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका सचिव अधिवक्ता मनोज सिंहले आवधिक निर्वाचन लोकतन्त्रको स्तम्भ हो। स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल दुई वर्षको रहने हुँदा चैत्र ४ गते यसको कार्यकाल सकिएको र चैत्र ५ गते निर्वाचन हुनुपर्ने थियो। तर नेपाल ल क्याम्पसमा आवधिक निर्वाचन हुन नदिन विभिन्न पक्षहरूबाट प्रयास भएकाले अन्तिम विकल्पको रूपमा दायर गरेको यो ऋट निवेदनमा आएको अन्तरिम आदेशले सिंगो विद्यार्थी राजनीतिका लागि सकारात्मक सन्देश बोकेको छ भन्ने अभिव्यक्ति दिए ।
राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त
काठमाडौँ, चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।राष्ट्रपति पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
स्ववियु निर्वाचन: दार्चुलामा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी
कृष्णबहादुर धामी दार्चुला चैत २८ गते । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत पर्ने जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू र गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार सुनिल डाँगा विजयी हुनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ खसेको कुल मत ४४९ मध्ये गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक क्याम्पस प्रमुख एवं निर्वाचन अधिकृत करणसिंह साउँदले जानकारी दिनुभयो । अनेरास्ववियुका खडकसिंह ठगुन्नालाई पराजित गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनबाट नेविसंघका प्रकाश बडू प्यानलसहित विजयी हुनुभएको हो ।बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गर्नुभयो । सभापतिमा स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत मात्रै प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका लालसिंह महर २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ, भने अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा गठबन्धनका जगतसिंह धामी २४० मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका कुसुम धामीले २०३ मत प्राप्त गर्नुभयो । दार्चुला बहुमुखी क्याम्पसमा समानुपातिकतर्फ ४३६ मत खसेको थियो । बुधवार बेलुकी छ बजेपछि सुरु भएको मतगणना राती एघार बजेपछि मात्रै सम्पन्न भएको थियो । यसैबिच जिल्लाको अर्को क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सुनिल डाँगा प्रत्यक्षतर्फ खसेको कुल मत २३० मध्ये १०५ मत प्राप्त गर्दै विजयी हुनु भएको निर्वाचन अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । गोकुलेश्वरमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गर्नुभयो । स्ववियु सचिवमा गठबन्धनका साझा उम्मेदवार अखिल क्रान्तिकारीका नवराज भट्ट १२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ, भने स्ववियु कोषाध्यक्षका उम्मेदवार गठबन्धनका अम्मरा धामी र अनेरास्ववियुका रेजिना विष्टले सामान १०८ मत प्राप्त गर्दा गोला प्रथाबाट गठबन्धनका उम्मेदवार अम्मरा धामी विजयी हुनुभएको छ । जिल्ला सदरमुकाम खलङ्गामा रहेको दार्चुला बहुमुखी क्याम्पसमा ४८५ मतदाता हुन, भने गोकुलेश्वर बहुमुखी क्याम्पसमा २६४ मतदाता हुन् ।
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त
काठमाडौँ, चैत २८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती ९जन्म कल्याणक दिवस०का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताउनुभयो । शुभकामना सन्देशमा उहाँले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।”
राजनीतिक अभियान तीव्र, निर्माण सुस्त
राजनीतिक दलका नेताको आन्दोलन र अभियानको ‘मार्ग’ बनेको हुलाकी राजमार्ग योजनाबद्ध रूपमा निर्माण सुरु भएको दुई दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ ।
कोशी पर्यटन वर्ष २०८२ को शुभारम्भ
कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले गर्नुभएको छ ।
ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग-व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको हो।
एमाले अछामद्वारा अग्नीपीडिताई सहयोग
जयगढ बजारमा आगलागीबाट पीडितलाई नेकपा (एमाले) अछामले एक लाख ११ हजार रकम सहयोग गर्ने भएको छ । अग्नी पीडितको राहतका लागि एमाले अछामले तत्कालका लागि सहयोग गर्ने घोषणा गरिएको जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य, छ विधेयक पारित
गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा १६ वटा बैठक बसेका छन्।