हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको शुक्रबार बसेको संसद बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
सहमति र एकताको भावनाले मात्र देश निर्माण गर्न सक्छौँ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताउनुभएको छ।
सरकारले अध्यादेशको अधिवेशन बनाउन खोज्योः नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अविधेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाउनुभएको छ। राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो।
बाल अदालत गठन गर्ने सरकारको निर्णय
सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठक २०८१ माघ १५ को निर्णय बमोजिम बाल अदालत सञ्चालनमा ल्याउने भएको हो।
पार्टी भत्काउने खुद्रे कुरा सरकारको ‘मेन्यु’मा छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको स्पष्ट गर्नुभएको छ ।
बागमती प्रदेश सभाको अधिवेशन सुरु
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन सुरु भएको छ ।
राजनीतिक अस्थिरता अन्त्य गर्न गठबन्धन बनेको हो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । उहाँले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभयो ।
असल अभ्यासलाई निरन्तरता दिऔँ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
‘धुलो उडिरहेको मुग्लिन–पोखरा सडक चिल्लो बनेको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आइरहँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक अहिले चिल्लो र आकर्षक बनेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिनुभएको छ ।
प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
आजको बैठकको सुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ ।
'सङ्घीय संसद्को आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौं'
नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सङ्घीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग राखिएकाे छ ।
कांग्रेस संसदीय दलको बैठक सुरु
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गर्नुभएबमोजिम बैठक हुन लागेको हो ।
हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ : सांसद राई
सरकार पनि कानुन निर्माणको जिम्मेवारी पूरा गर्न तीव्र ढङ्गले अघि बढिरहेको छ, संसदीय समितिमार्फत त्यस कार्यमा हामी पनि गम्भीर रुपमा लागिपरेका छौँ । संसद्को यस हिउँदे अधिवेशनबाट धेरै कानुन पारित हुन्छन् । संसद्को यस अधिवेशनमा कतै नअल्मलिई, कति नअल्झी धेरैभन्दा धेरै कानुन बनाउने प्रयत्नमा लाग्ने छौँ ।
संसद् अधिवेशन, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने
सङ्घीय संसद्को अधिवेशन शुक्रबार अपराह्न १ बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ ।
‘संसद् प्रभावकारी रूपमा अघि बढ्छ’
सङ्घीय संसद्को अधिवेशन शुक्रबार सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिने गरेकाले कानुन निर्माण कार्य तीव्र गतिमा हुने आमअपेक्षा छ ।
महाकुम्भमा दुर्घटना : मृतकका परिवारलाई पच्चिस लाख
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा मृत्यु हुनेका परिवारलाई जनही २५ लाख भारतीय रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
तीसबर्से सेवा अवधि हट्ने, घट्यो पेन्सन अवधि
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद् सचिवालयमा पेस गरेको छ ।
ट्रम्पको आदेश रद्द
अदालतले दिएको आदेश शिरोपर गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द गरेको छ ।
संसद् अधिवेशन आजदेखि
सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।