काठमाडौँ, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरू थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो बताउनुभएको हो ।
उहाँले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोसिस रहने बताउनुभयो । उहाँले वरिष्ठ नेता दीपक बोहराप्रति श्रदाञ्जली व्यक्त गर्दै मुलकको विकासका लागि गरेको योगदानलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकदमै दुःखको दिन हो । पार्टीका वरिष्ट नेता दीपक बोहराको निधनले पार्टी र सम्रग नेताहरू दुखित र स्तब्द भएका छौं । नेपाली राजनीतिमा उहाँले गरेको योगदान र उहाँले सिकाएको बाटो पार्टीले अपनाउने छ । हाम्रा नेताहरू पनि थुनिएका छन् र हाम्रा वरिष्ठ नेता समेत छोडेर जानु भएको छ । हामी यो दुःखलाई शक्तिमा परिणत गर्ने कोसिस गर्छौं ।’’
राप्रपाका वरिष्ठ नेता एवम् पूर्वमन्त्री बोहराको मङ्गलबार उपचारको क्रममा निधन भएको थियो ।