• २० चैत २०८१, बुधबार

राप्रपाका सांसद दीपक बोहोराको निधन

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद स्व. दीपक बोहोरा ।

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो । 

बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीका क्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

अहिले उहाँको पार्थिव शरीर नेपाली सेनाको आर्मीको स्काई ट्रकबाट निर्वाचन क्षेत्र भैरहवामा लाने तयारी भइरहेको छ । 

श्रद्धाञ्जलीका लागि आज दिनभर भैरहवामा राखेर साँझ काठमाडौँ ल्याइने छ । उहाँलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी कार्यालयमा राखेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । 

सोमबार मात्र बोहोराको ७३ औं जन्मदिन मनाइएको थियो । 

उहाँ २०७९ सालको निर्वाचनमा  रूपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । चुनावताका बालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै उहाँ विजयी बन्नुभएको हो । 

उहाँकी छोरीको केही समयअघि मात्र निधन भएको थियो ।

यो पनि पढ्नुहोस

रुपन्देही –३ मा राप्रपाका दिपक बोहोरा विजयी