काठमाडौँ, चैत १० गते । काठमाडौँ तारकेश्वर नगरपालिकाको आइतबार नगर कार्यपालिका कार्यालय धर्मस्थलीमा भएको १६ औँ नगरसभा सुरु भएको छ ।
नगर प्रमुख कृष्णहरि महर्जनलगायत जनप्रतिनिधि नगरसभामा सहभागी हुनुभएको छ । सूचना अधिकारी सागर अर्यालका अनुसार, उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने छ । बैठकले त्यसमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्दै आवश्यक परेमा संशोधन गर्न सक्ने छ ।