• ५ चैत २०८१, मङ्गलबार

प्युठान क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका ओली निर्वाचित

blog

खलङ्गास्थित प्युठान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रमोद ओली । फाइल तस्बिर

प्युठान, चैत ५ गते। सदरमुकाम खलङ्गास्थित प्युठान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रमोद ओली विजयी हुनुभएको छ। आज भएको निर्वाचनमा नेविसंघ र अखिल छैठौंको साझा प्यानलबाट उम्मेदवार बनेका ओली विजयी हुनुभएको हो।

अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पछि पार्दै ओली विजयी हुनुभएको हो। ओलीले ४६ र भुसालले ३४ मत प्राप्त गर्नुभएको छ। १०५ जना विद्यार्थी मध्ये ८० मत खसेको थियो।

सचिवमा सावित्रा नेपाली, कोषाध्यक्ष खिमा घर्ती मगर र सदस्यमा अनुष्का शाही, आरती थापा मगर र जुना कसाई निर्वाचित हुनुभएको छ।