• ५ चैत २०८१, मङ्गलबार

स्ववियु निर्वाचन शान्तिपूर्ण : चारवटा क्याम्पसमा पाँच सय ९१ मत खस्यो

blog

पाँचथर बहुमुखी क्याम्पसको मतदान केन्द्र। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, चैत ५ गते। पाँचथरका चार वटै क्याम्पसमा स्ववियु निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

सदरमुकामको पाँचथर बहुमुखीसहित यासोक, रवि र थर्पु क्याम्पसमा बिहान ८ बजे मतदान सुरु भएर शान्तिपूर्ण रुपमा निर्धारित समयमै सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

चार मध्ये पाँचथर बहुमुखी क्याम्पसमा सबैभन्दा धेरै मत खसेको छ। चार सय ९९ मतदाता रहेको यो क्याम्पसमा दुई सय ५६ महिला र ८६ पुरुष गरी तीन सय ४२ जनाले मतदान गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद बरालले जानकारी दिनुभयो।

यस्तै रवि क्याम्पसमा ८६, थर्पु क्याम्पसमा ६७ र यासोक क्याम्पसमा १ सय १६ मत खसेको छ। सबै क्याम्पसमा मतगणना गर्ने तयारी छ।  पाँचथर क्याम्पसको मत गणना सम्पन्न गर्न केही घण्टा लागे पनि थर्पु यासोक र रविमा भने साँझ ७ बजे भित्र परिणाम आइसक्ने छ।