प्रतिनिधि सभाको शून्य समय : आत्मदाहको घटनाबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका अन्य स्थानमा भइरहेको आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहाेरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल
उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताउनुभयो। ‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो। नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं’’, उहाँले भन्नुभयो।
लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउनु आवश्यक छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउनुभएको छ।
‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग
यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन्।
सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ।
'फरक क्षमता र अशक्त व्यक्तिका लागि सिंहदरबार प्रवेश सहज'
श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेश सहज बनाएको छ।
संस्कृति मन्त्री किरातीको प्रश्न ‘भगवानमाथि भ्रष्टाचार गर्ने ?’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिनुभएको छ।
विश्वविद्यालय दलीयकरणको मारमा परे : सांसद देव
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालय दलीयकरणको मारमा परेको बताउनुभएको छ।
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज (मङ्गलबार) सिंहदरबारमा भेटवार्ता भएको छ ।
लमजुङको दूधपोखरीमा बन्यो मोटरेवल पुल
लमजुङको दूधपोखरी गाउँपालिका ४ र ५ जोड्न कुयाँले खोलामा मोटर गुड्ने पुल निर्माण गरिएको छ।
गुणस्तरहीन औषधि बिक्री रोक्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको भन्दै अनुगमन बढाउन निर्देशन दिनुभएको छ।
फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताउनुभएको छ।
दलबीच सहमति, सहकार्य र एकताको खाँचो छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा विकास, स्थायित्व र सुशासन कायम राख्न राजनीतिक दलबीच एकता आवश्यक रहेको बताउनु भएको छ।
माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मङ्गलबार) पनि माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे पक्षमा रहेको बताउनुभएको छ ।
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायाे २० बुँदे ज्ञापन पत्र
नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक सङ्कटबारे मङ्गलवार बिहान पार्टी अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् ।
काँग्रेसको समर्थनबाटै राष्ट्रपति: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ ।
सरकारी वकिलको बढ्यो कार्यबोझ
सरकारी वकिलले प्रतिरक्षा गर्नुपर्ने मुद्दा सङ्ख्याका आधारमा कार्यबोझ बढेको छ । अघिल्लो वर्षको तुलनामा कार्यबोझ बढेको महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । दरबन्दी र मुद्दाका अनुपातमा अहिले प्रतिसरकारी वकिलको कार्यबोझ २५७ पुगेको छ । सरकारी वकिलको कुल दरबन्दी ५२१ मा अहिले ५७ पद रिक्त रहेको प्रतिवेदनमा उल्लेख छ । कुल दरबन्दीमध्ये विभिन्न अन्य निकायमा कार्यरतको सङ्ख्या ७३ रहेको छ । अघिल्लो वर्ष यस्तो कार्यबोझ २३० रहेको थियो । २०७८/७९ को वार्षिक प्रतिवेदन महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्नुभएको हो । प्रतिवेदनअनुसार वर्षभरमा मातहत तथा महान्यायाधिवक्ता कार्यालयबाट ५७ पटक कानुनी राय दिइएको छ ।
गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको बताउनुभएको छ। पार्टी पदाधिकारीहरूको बैठकपछि सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो विषयले बैठकमा प्रवेश नै नपाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गृहमन्त्रीका बारेमा निर्णय गर्ने भएकोले यो विषयले पार्टीभित्र प्रवेश गरेन।” सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाउनुभएको थियो। सो पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले आवश्यक निर्णय गर्नुभएको छैन हाल आफ्नै मातहतमा राख्नुभएको छ।