• १३ साउन २०८१, आइतबार

लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउनु आवश्यक छ : अर्थमन्त्री पौडेल

blog

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मंगलबार आयोजना गरेको राष्ट्रिय सम्मेलन तथा २६ औँ वार्षिक उत्सवमा धारणा राख्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, माघ १७ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउनुभएको छ। 

मंगलबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको हो। 

उहाँले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वसनीयता बढाउन पनि जरुरी रहेको बताउनुभयो। मन्त्री पौडेलले मुलुकको लेखा प्रणालीलाई पारदर्शी बनाएर विश्वमा विश्वनीयता बढाउन चार्टर्ड एकाउण्टेन्ट्सको महत्वपूणं भूमिका रहने बताउनुभयो। उहाँले चार्टर्ड एकाउण्टेन्ट्स निजी, सार्वजनिक र सरकारी विभिन्न निकायसँग काम गर्ने भएकाले एकाउण्टेन्ट्सले गर्ने निर्णयले मुलुकको लेखा प्रणाली र लेखा प्रणालीको पारदर्शी र विश्वनीसयताका विषयमा उजागर गराउने बताउनुभयो। 

उहाँले भन्नुभयो,‘‘हिसाब किताब दुरुस्त गरिएन भने दुनियाँ र देशलगायत कसैले पनि हामीलाई राम्रो मान्दैन।  काम पनि राम्रो गर्ने हिसाब किताब पनि दुरुस्त राख्ने विश्वको अपेक्षा हो। हामीले पनि त्यस्तै अपेक्षा गछौं। त्यस कारण मुलुकको लेखा प्रणालीलाई पारदर्शी, उत्तरदायी  र विधिसम्मत बनाउनको लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ। मुलुकको लेखा प्रणाली कस्तो छ र लेखा प्रणालीको क्षेत्रमा मुलुक कति पारदर्शी र विश्वमा कति विश्वसनीयता रहेको छ भनेर मूल्याङ्कन हुन्छ। नेपाल लेखा प्रणालीको क्षेत्रमा विश्वका उत्कृष्ट मुलुकको दाँजोमा सक्षम छ भन्ने सन्देश दिने काम तपाईहरुको काँधमा रहेको छ। त्यही अनुसारमा जिम्मेवारी बहन गर्नुहुनेछ।’’

उहाँले हिसाबकिताब पारदर्शीता नभएर दुनियाँमा कसैले नमान्ने भएको भन्दै काम राम्रो गर्ने हिसाबकिताब पनि पारदर्शिता राख्ने सरकारको अपेक्षा रहेको बताउनुभयो।