नागरिकलाई सहज खानेपानीको व्यवस्था हुन्छ : मन्त्री खान
नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले कुनै पनि नागरिकले खानेपानीबाट वञ्चित हुन नपरोस् भन्ने अवस्थाको सिर्जना गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेश सरकारको प्रवक्तामा रोशन गाहा
गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त हुनुभएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उहाँले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
महिलाको सङ्घर्षबाट हामी सरकारमा छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरुरी भएको बताउनुभएको छ ।
लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा
पूर्व गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हुनुहुन्छ ।
भाैतिक पूर्वाधारलगायतका क्षेत्रमा तीव्ररूपमा काम हुने
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लामिछानेले आज नागरिकता लिनुहुँदै
पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ ।
रास्वपाको कार्यवाहक सभापतिमा अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको कार्यवाहक सभापति तथा संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी सभापति तथा संसदीय दलको नेता रवि लामिछानेको पद गुमेपछि अर्याललाई दुइटै जिम्मेवारीमा चयन गरिएको हो।
बिरामीले निःशुल्क रगत पाउनुपर्छ : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रक्तदाताबाट निःशुल्क रूपमा सङ्कलित हुने रगत बिरामीले पनि निःशुल्क रूपमा प्राप्त गर्नुपर्ने बताउनुभएको छ। १७औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा शुभकामना सन्देश दिँदै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले रक्तदानबाट निःशुल्क प्राप्त रगत बिरामीलाई निःशुल्क प्रदान गरे मात्रै मानवताको मानक स्थापित गर्न सकिने बताउनुभयो। उहाँले मानव जीवनसँग प्रत्यक्ष जोडिएको रगतलाई निःशुल्क प्रदान गरेर देशमा नयाँ सन्देश र सद्भाव दिन सकिने बताउनुभयो।
कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ।
माग सम्बोधन नभएसम्म पार्टी सरकारमा सहभागी हुँदैन : अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेश सरकारमा सहभागी नहुने अडान राख्नु भएको छ।
चार पटक सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
कांग्रेसले एकैचोटी पुस २० गते प्रतिनिधि सभाको पहिलो अधिवेशन सन्दर्भमा पुस २३ गते सिंहदरवारमा संसदीय दलको बैठक बस्ने सूचना निकाल्यो र पुस २२ गते बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक पुस २८ गते दिउँसाे १ बजेका लागि सर्यो।
सबैलाई बाँध्न बनाएको संविधानले कसैलाई बाँधेनः पूर्व सभामुख ढुङ्गाना
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।
मुलुकलाई अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भयो : महासचिव पोखरेल
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ।
आत्तिइहाल्नु पर्ने अवस्था आएको छैन : नेता नेम्वाङ
पूर्व सभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिई हाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा बताउनुभयो । शहीद दिवसको अवसर पारेर एमालेले च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा शनिवार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्: परराष्ट्रमन्त्री पौड्याल
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ।
कलाकार एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश
मोडल तथा कलाकार एलिजा गौतम शनिबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । रुपन्देहीमा भएको एक कार्यक्रममा उहाँ सो दलमा प्रवेश गर्नुभएको हो । उहाँलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।
प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको जिम्मेवारी
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोक्नुभएको जानकारी दिएको हो ।
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ ।
आत्मदाह गर्ने आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी
आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।
अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आउँदै
मित्रराष्ट्र अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउनुहुने भएको छ । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप(विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । सोमबार दिउँसो उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिनुहुने दूतावासले जनाएको छ ।
लामिछानेद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदबाट राजीनामा
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ।
लामिछानेको नागरिकता नहुँदा सांसद, मन्त्री र पार्टी सभापति पद गुम्यो
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा सदस्य एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गरेको छ।