भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गर्नुभएको छ ।
बारा–२ मा उपेन्द्र र शिवचन्द्रको मतान्तर २६ सयमा झर्यो
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिनुभएको छ।
तनहुँबासीले गर्व गर्नेगरी काम गर्छु : सांसद वाग्ले
तनहुँ –१ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित डा. स्वर्णिम वाग्लेले तनहुँबासीले गर्व गर्नेगरी काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय
उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
बारा–२ मा उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मत ल्याउनुभएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउन माग
प्रतिनिधि सभाका सांसदले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन्।
परिवर्तन उल्ट्याउने षड्यन्त्र असफल पार्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताउनुभएको छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सांसदको जिज्ञासा
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बारा–२ मा उपेन्द्र यादवको अग्रता : ४ हजार ३२२ को मतान्तर
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ४९६ मत ल्याउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टोक्ति
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभई नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं. २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुभएको छ ।
सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो ।
काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्ध गर्ने मन्त्री ज्वालाको चेतावनी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिनुभएको छ ।
जुम्लालाई स्याउबाटै समृद्धिको जिल्ला बनाउने हो : मुख्यमन्त्री शर्मा
मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई साँच्चिकै जुम्ला स्याउबाटै समृद्धिको जिल्लाका रूपमा विकसित गरिनु पर्ने बताउनुभएको छ ।
बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १५ हजार मत कटाउनुभएको छ।
मेलम्ची खानेपानी निरन्तर वितरण हुने गरी व्यवस्था मिलाउन माग
नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रपतिको स्वास्थ्य सुधारोन्मुख : एन्टिबायोटिकको उपयोगले शारीरिक शिथिलता
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सांसदले उठाएका प्रश्न वेबसाइटमा राख्ने व्यवस्था गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरूले उठाएका प्रश्नहरू पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
संसदमा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ ।
बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि प्राथमिकतामा
नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ ।
पुस्तकालयको उचित व्यवस्थापनका लागि कानुन बनाउन माग
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पुराना पुस्तकालयहरूको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
बाँकेका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । मङ्गलबाार दिउँसोबाट सुरु भएको बैठकमा बोल्नुहुँदै सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।
एमाले र कांग्रेसका उम्मेदवारले दिए रविलाई बधाई
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिनुभएको छ ।