• ९ पुस २०८१, मङ्गलबार

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

blog

समाजवादी प्रेस सङ्गठन नेपालको शनिबार हुने पदाधिकारी निर्वाचनमा मनोनयन गर्नका लागि फाराम लिँदै सो सङ्गठनका सदस्यहरु । तस्बिर : विमलबहादुर बिष्ट/रासस

काठमाडौं, जेठ २७ गते । समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज (शनिबार) निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।

अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत रहनुभएको छ । महाधिवेशनमा ७७ जिल्लाका करिब चार सय प्रतिनिधि सहभागी छन् ।

उक्त महाधिवेशनको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार उद्घाटन गर्नुभएको थियो । विसं २०७८ भदौ १० गते वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा सो सङ्गठन गठन गरिएको थियो । रासस