काठमाडौँ, पुस ६ गते । पिपुल फर्ष्टले ‘न दायाँ, न बायाँ न पछाडि सधैँ ठीक र अगाडि’को शुत्र अबलम्ब गर्ने जनाएको छ । गत मङ्सिर ५ गते निर्वाचन आयोगमा दर्ता भएको यस पार्टीको स्थापना अधिवेशन यही पुस ४ र ५ गते भक्तपुरमा सम्पन्न गरेको छ ।
पार्टीका संयोजक प्रशान्तसिंहले राजनीतिक रंगावलीमा पार्टीको स्थान अग्रपथ हुने जानकारी दिनुभयो । यसले सर्बथा ‘नागरिक सर्वोच्च’ र ‘नागरिकतन्त्र’को पैरवी र अभ्यास गर्ने उहाँको भनाइ छ ।
स्वशासन र सुशासनको माध्यमबाट ‘सबैको स्वाभिभान र सबैको संमृद्धि सुनिश्चित गर्ने लक्ष्य, उद्देश्यसहित नैतिक मानक र मूल्यप्रणाली आधारित ‘बैकल्पिक राजनीति’लाई स्थापित गर्न उन्नत लोकतान्त्रिक, पूर्ण समानुपातिक–समावेशी, प्रगतिशील र अग्रगामीदलको आवश्यकतालाई परिपूर्ति गर्नु दल स्थापनाको मुख्य अभिष्ट रहेको उहाँले बताउनुभयो ।
संयोजक प्रशान्तसिंहका अनुसार ‘लोकतन्त्रको लोकतन्त्रिकरणको मुख्यकार्यदिशा ‘नागरिकतन्त्र’हो भन्ने पार्टीको विश्वास छ । पार्टीले पुरानादलहरुको व्यवहारबाट लोकतन्त्रको विचलन, क्षयीकरणवा भ्रष्टिकरणका रुपमाप्रवृत भएकादलतन्त्र, अतिदलीयकरण, नेतातन्त्र, अल्पतन्त्र, गुटतन्त्र, परिवारतन्त्र, विचौलियातन्त्र, सिन्डिकेटतन्त्र जस्ता प्रवृतिको विरुद्ध निर्मम संघर्ष गर्ने छ । साथै, उहाँले कथित नयाँहरुको व्यक्तिवाद, नायकत्ववाद र प्रियतावादको साटो संस्थावाद को पक्षपोषण र अभ्यास गर्ने जानकारी दिनुभयो । यस अर्थमा पिपुल फर्ष्ट पार्टी पुराना र कथित नयाँ दुबै प्रकारका अन्य दलभन्दा बिल्कुलै फरक छ । यसप्रकारको विचार र अभ्यासमा विश्वास गर्ने दल अहिलेसम्म देशको राजनीतिक परिदृष्यमा थिएन ।