बजेटका गुनासा सम्बोधन गरिने
आर्थिक वर्ष २०८०/८१ को बजेटका सन्दर्भमा सत्ता साझेदार दलबिचमै देखिएको असन्तुष्टि र गुनासो सम्बोधन गर्नका लागि औपचारिक रूपमै पहल थालिएको छ। सत्ता साझेदार दलहरूबिच समझदारी कायम गरेरै बजेट पारित गर्ने गरी बहुपक्षीय परामर्श प्रारम्भ भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सत्ता साझेदार दलको बैठकमा बजेटमा देखिएका विमति सम्बोधन गर्ने सन्दर्भमा केन्द्रित रहेर छलफल भयो। साथै मङ्गलबारै अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा पनि बजेटमाथि उठेका प्रश्न र गुनासोको विषयले प्रवेश पायो।
नक्कली भुटानी शरणार्थी प्रकरण : लम्बियो थुनछेक बहस
नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौँले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो। प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।
प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
अध्यक्ष तिमिल्सिना र सिपीसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ।
माइतीघरमा एक युवकद्वारा आत्मदाहको प्रयास
नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन् ।
सशस्त्र संघर्षको मुद्दामा कारण देखाउ आदेश
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगरेको भन्दै कारण देखाउन आदेश दिएको छ।
कानुनमन्त्री गुरुङ र ईयू राजदूत नोनाबीच भेटवार्ता
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र युरोपियन युनियन (ईयू) प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेट भएको छ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ।
कांग्रेस सभापति देउवा सिंगापुर जानुहुँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ।
चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु हुँदैन : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताउनुभएको छ।
राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि गङ्गालाल अस्पतालमा
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जानुभएको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मङ्गलबार मन्त्रिपरिषद्को नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।
जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ ।
गठबन्धनका नेताबीच परामर्श
सत्ता गठबन्धन दलका नेताहरूले आज (मङ्गलबार) समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आज (मङ्गलबार) देखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष र चीनका जनकङ्ग्रेस अध्यक्षबीच भेटवार्ता
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । आज सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (मङ्गलबार) सुनुवाइ हुँदैछ ।
कार्कीको संसदीय सुनुवाइ बिहीबार
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने भएको छ। समितिको सोमबारको बैठकले प्राप्त उजुरी सार्वजनिक गर्दै सुनुवाइ तालिका बनाएको हो। समितिले जेठ ३१ गते उजुरीकर्तासँग छलफल गर्ने छ। कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ उजुरी परेका छन्। जसमा बहालवाला न्यायाधीश तथा कानुन व्यवसायीका समेत उजुरी छन्।
‘विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध छौँ’
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अर्थतन्त्रको समस्या बजेटले चिनेन : पूर्व अर्थमन्त्री पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न सहज नभएको बताउनुभएको छ ।
गठबन्धन शक्तिहरू एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपतिसमक्ष पाकिस्तान र कोरियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
बलियो शक्ति निर्माण हुन नदिने चलखेल जारी छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा बलियो राष्ट्रिय राजनीतिक शक्तिको खाँचो भए पनि त्यो निर्माण हुन नदिने चलखेल जारी रहेको बताउनुभएको छ ।