• ९ पुस २०८१, मङ्गलबार

सशस्त्र संघर्षको मुद्दामा कारण देखाउ आदेश

blog

फाइल तस्बिर

काठमाडौं, जेठ ३० गते। सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगरेको भन्दै कारण देखाउन आदेश दिएको छ। 

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो। 

अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ। तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो। 

त्यस निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गर्नुभएको थियो। रासस