• २४ वैशाख २०८१, सोमबार

अर्थतन्त्रको समस्या बजेटले चिनेन : पूर्व अर्थमन्त्री पौडेल

blog

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न सहज नभएको बताउनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताउनुभएको हो । 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन निकै जटिलता रहेको दाबी गर्नुभयो । बजेटले अर्थतन्त्रको समस्या नचिनेको पनि टिप्पणी गर्नुभयो । त्यस्तै, देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरू पनि बजेटमा नभएको बताउनुभयो ।