• ९ पुस २०८१, मङ्गलबार

चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु हुँदैन : मन्त्री साउद

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद मङ्गलबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय ललितकाला प्रदर्शनीको अवलोकन गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं, जेठ ३० गते। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताउनुभएको छ। 

मङ्गलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकन पश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले चित्र विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको बताउनुभयो। उहाँले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताउनुभयो। उहाँले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले कलाकारलाई सम्मान अन्तर हृदयबाट दिन्छ। त्यसलाई अभिव्यक्त गर्दा कहिलेकाहीँ ढङ्ग नपुगेको जस्तो देखिन्छ। मानिसले चित्र विलासिताका वस्तु हुन् । तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन्। चित्र युगका प्रतिबिम्ब हुन्। हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावी पीढीले हाम्रो मूल्याङ्कन गर्नेछ।"

परराष्ट्रमन्त्री साउदले चित्र मनका भावको अभिव्यक्ति भएको बताउनुभयो।