सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताउनुभएको छ ।
शीर्ष नेताबिच छलफल : लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता
शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
भूकम्प प्रभावितलाई सञ्चार मन्त्रालय र निकायका कर्मचारीले सहयोग गर्ने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूले भूकम्प प्रभावितहरूको राहतका लागि सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले संयोग गर्ने निर्णय गरेको हो ।
कांग्रेस महासमिति बैठक पुसको १६ देखि १९ गतेसम्म बस्ने
नेपाली कांग्रेसको पूर्व निर्धारित महासमिति बैठकको मिति पुनः सरेको छ ।
राहत, उद्धार र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न कांग्रेसको सुझाव
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न सरकारलाई सुझाव दिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फन्ड टोलीबिच भेटवार्ता
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको सङ्गठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबिच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र : सुरक्षाविद् थापा
सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताउनुभएको छ । उहाँले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभएको हो ।
एमालेले डाक्यो सचिवालय बैठक
नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनुभयो ।
भूकम्प पीडितका लागि नेकपा एसबाट २५ लाख सहयोग
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागी नेकपा समाजवादी केन्द्रले २५ लाख रुपियाँ सहयोग गरेको छ ।
कांग्रेसद्वारा भूकम्पपीडितको राहतका लागि ५० लाखको चेक हस्तान्तरण
नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।
राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी
नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ ।
अमेरिका भ्रमण फलदायी : मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राज्य अमेरिकाको भ्रमण देशका लागि फलदायी बनेको बताउनुभएको छ । उहाँले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्म अमेरिका भ्रमण गर्नुभएको थियो । मन्त्री साउदले विदेशमन्त्री ब्लिन्केनसँग भएको भेटवार्ता समग्र देशको विकासका लागि फलदायी रहेको बताउनुभयो । “विदेशमन्त्रीसँगको भेटका अवसरमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषय तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भयो,” उहाँले भन्नुभयो, “भेटमा दुवै पक्षले आपसी हितका विषय तथा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गर्र्यौैं ।”
भूकम्प पीडितलाई एमालेले एक करोड बरावरको राहत सामग्री वितरण गर्ने
नेकपा (एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपियाँ बरावरको राहत सामग्री वितरण गर्नेभएको छ
कीर्तिपुर नगरपालिकालाई १९ बुँदे माग हस्तान्तरण
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारी कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
केशलीया तटबन्धसँगै सौन्दर्यीकरणका लागि पहल लिइने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित केशलीया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ ।
दुर्गम र गरिब भूकम्पपीडितलाई प्राथमिक्तामा राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिक्तामा राख्न निर्देशन दिनुभएको छ ।
राष्ट्रपति पौडेल मङ्गलबार भूकम्प प्रभावित क्षेत्र जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो ।
नेकपा एसले भूकम्प प्रभावितलाई २५ लाख दिने
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस्: समिति
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
तीन दिनभित्रै सबै ठाउँमा राहत पुग्छ : जनार्दन शर्मा
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो ।
राष्ट्रपति पौडेलद्वारा युरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।
नेकपा (एस) ले भूकम्प राहत कोषमा सांसदको १५ दिनको तलब र २५ लाख सहयोग गर्ने
नेकपा (एकीकृत समाजवादी) को सोमबार बसेको सचिवालय बैठकले सरकारको केन्द्रीय प्रकोप तथा राहत कोषमा २५ लाख रुपियाँसहित जनप्रतनिधि र सांसदको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ ।
एमाले बागमतीको भूकम्पपीडितलाई ६ लाख सहयोग
नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले कर्णाली प्रदेशको भूकम्पपीडितका लागि ६ लाख सहयोग रकम उपलब्ध गराउनेभएको छ ।