मौलापुरका प्रमुखलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन
सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।
उपराष्ट्रपति यादवद्वारा भूकम्पपीडिलाई एक महिनाको पारिश्रमिक सहयोग
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।
भूकम्पपीडितलाई नगदसहित र कम्बल सहयोग
भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपियाँ हस्तान्तरण गरेको छ। फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर सो सहयोगको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदैगएको बताउनुभएको छ। शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिदैनौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड रोल्पामा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान रोल्पा पुग्नु भएको छ ।
गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ ।
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैनः सांसद तामाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उहाँ भन्नुहुन्छ ।
भ्रष्टाचार मुद्दामा विराटनगरका पूर्व उपप्रमुख कार्कीसहित सबैलाई सफाइ
विराटनगर महानगरपालिकाका पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित सबै नौ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ ।
सांसद सिंह धरौटीमा रिहा
मधेस प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव उच्च अदालत जनकपुर राजविराजको आदेशमा बिहीबार राती रिहा हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद यादवलाई उच्च अदालतले रु एक लाख २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका निमित्त रजिस्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।
मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।
भूकम्प बाहनामा पर्यटन आतङ्क मच्चाउने काम भयो : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाजरकोट र रुकुमपश्चिममा गएको भुकम्पपछि पर्यटन आतंक खडा गरिएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुग्नुभएको छ ।
पासाङको पुस्तक सरलता र इमानदारिताको प्रतीक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताउनुभएको छ ।
दुई विधेयक प्रमाणीकरण
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस
नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको हो ।
प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण
मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने
सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
अमेरिका नेपालको बृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गर्नुभएको छ ।