• २ असार २०८१, आइतबार

शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस

blog

पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल ।

काठमाडौं, कात्तिक २३ गते । नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको हो ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चारलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आउनुभएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आउनुभएको थियो ।

उहाँले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने गर्नुभएको थियो । पाल्पामा जन्मिनुभएका नेपाल कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको नेतृत्वदायी भूमिकामा रहनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी सङ्कायतर्फको अङ्ग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गर्नुभएको नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुनुहुन्छ ।