प्रधानमन्त्रीलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको ज्ञापनपत्र
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । आज सोही गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउनुभएको हो ।
खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री
त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ ।
कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
प्रतिजैविक प्रतिरोध सचेतनाका लागि व्यक्तिगत रूपमा सचेत हुनु पर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रतिजैविक प्रतिरोध विरुद्धको लडाइँमा तत्काल प्रतिफलको लागि सम्पूर्ण समाजले अपनत्व गरी व्यक्तिगत रूपमा सचेत हुनु जरुरी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
साझा लक्ष्यमा केन्द्रित हुनु पर्छ : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । भारतमा सुरु भएको दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई शुव्रmबार भर्चुअल सम्बोधन गर्दै भन्नुभयो, “यसका लागि आपसी विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्धन तथा एकताका साथ काम गर्नु महत्वपूर्ण छ ।” विश्वले कोभिड १९, जलवायु परिवर्तन र भू–राजनीतिक जटिलताका कारण धेरै प्रकारका चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उहाँले यसबाट मुख्यतः अतिकम विकसित राष्ट्रहरूले समस्या झेलिरहेको पनि बताउनुभयो ।
संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : कांग्रेस सांसद भण्डारी
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गर्नुभएको छ।
जनताको घरदैलोमा रास्वपाको तीन प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।
कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ । नेपालीका महत्त्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उहाँले निर्देशन दिनुभयो ।
मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ ।
प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ ।
खेतीयोग्य जमिनमा महल बनाउन दिनु हुँदैन : उपसभामुख राना
हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने भन्दै उहाँले अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताउनुभएको हो।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ
टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा आँबुखैरेनी अस्पतालको उद्घाटन
एकताबद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तनहुँको आँबुखैरेनीमा आउनु भएको छ । प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा निर्माण गरेको १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु भएको हो ।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात रिट
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका झन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आज तनहुँ आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनीमा आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु हुने भएको हो ।
राष्ट्रिय सभाका २० सांसदको बिदाइ नजिकिँदै
राष्ट्रिय सभाका २० सांसदको ६ वर्षको पदावधि सकिनै लागेकाले बिदाइका दिन नजिकिँदै छ ।
संसदमा आलोचना गर्ने थलो मात्र भयो, विषयबस्तुलाई निष्कर्षमा पुर्याउने बहस हुनुपर्छः सांसद चौधरी
निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसद्मा बादप्रतिवादको शृङ्खला नै चल्यो । सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तथा अवरोधलगायत कारणबाट संसद् प्रभावहीन बन्न पुग्यो ।
सङ्घीय व्यवस्थासम्बन्धी प्रतिवेदन आएन कार्यान्वयनमा
सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई दिएको निर्देशन एक वर्ष पुग्दासम्म कार्यान्वयन भएको छैन ।
पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउन समितिमा छलफल हुन्छ : डा. देउवा
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउने विषय समितिमा छलफल हुने बताउनुभएको छ ।