विस्तृत शान्ति सम्झौताको १७ वर्ष ‘पीडित अझै न्यायको प्रतीक्षामा’
नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।
अर्थतन्त्रको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीद्वारा बैठक आह्वान
मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक आह्वान गर्नुभएको छ ।
चिकित्सा शिक्षा स्थापित गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय रुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
सांसदको जिम्मेवारी एक, भूमिका अनेक: रायमाझी
नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट हुनुहुन्न । उहाँ कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट हुनुहुन्छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ पक्षले माओवादी केन्द्रसँग एकता गर्न भट्टराईमाथि दबाब बढाउनुभएको हो । नेसपा केन्द्रीय समिति बैठक मङ्सिर ६ र ७ गते बस्ने तयारी छ । यस बैठकबाट पार्टी एकताको टुङ्गो लगाउन यादव र श्रेष्ठ पक्षले बाबुरामलाई आग्रह गरेका छन् । एकता प्रक्रियामा नगए पार्टी फुटाउने यादव र श्रेष्ठ पक्षले चेतावनी दिने गरेको दाबी नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले गर्नुभयो । अब पार्टी एकताको अन्तिम निर्णय औपचारिक बैठकबाटै हुने उहाँले बताउनुभयो ।
कांग्रेस जिल्ला सम्मेलन ११ गते हुने
नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलन मङ्सिर ११ गते देवचुलीमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार पहिलो जिल्ला सम्मेलन हुन लागेको हो ।
काठमाडौँमा राष्ट्रपतिको उपस्थितिमा छठ पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ।
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस सक्रिय बन्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
हामीले सुरु गरेको सुशासनको अभियान इतिहासकै पहिलो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ। रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
माओवादी र समाजवादीले पार्टी एकता प्रक्रियालाई गति दिने
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता प्रक्रियालाई थप गति दिइने भएको छ ।
ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास र साझा अभिभावक भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई अपहेलना गर्नेविरुद्ध खबरदारी गर्नुपर्ने जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो ।
देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ ।
समाजमा विद्यमान विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवम् सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते सुन्दरहरैँचा–९ स्थित जेसीज भवनमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधान अनुसार हुने यो पहिलो जिल्ला सम्मेलन हो ।
सदनको बहस दलभन्दा माथि उठन सकेन : सांसद अर्याल
पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।
‘कांग्रेसका कारण कोशी प्रदेश सभा बच्यो’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धानबिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो ।
वडाध्यक्षले गरे लोकसेवा परीक्षामा अमिन पास
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो ।
प्रधानमन्त्री प्रचण्डद्वारा छठको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो ।
भिपिएन र डिएनएस प्रयोग बढ्दो, ‘विकल्प रोजौँ अवैध नचलाऔँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जालका अनेक विकल्प रहेकाले अवैध रूपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गर्नुभएको छ । भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम (डिएनएस) प्रयोग गरी टिकटकको प्रयोग गर्नु गैरकानुनी हुने बताउँदै उहाँले साइबर सुरक्षाको जोखिमलाई दृष्टिगत गरी वैकल्पिक सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिनुभयो ।
सरकारको कार्यशैली सच्चिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गर्नुभएको छ ।