• १४ मंसिर २०८१, शुक्रबार

अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री

blog

नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : गोरखापत्र

काठमाडौं, मङ्सिर ४ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी विस्तारै बढ्दै गइरहेको बताउनुभयो ।

मन्त्री महतले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो । उहाँले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने जानकारी दिनुभयो । 

मन्त्री महतले भन्नुभयो, ‘‘लगानी र जग्गा कारोबार विस्तारै बढ्दैछ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने । मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछन् । जहाँ निश्चित ठाउँभन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरूलाई ऋण तिर्न गाह्रो भएको छ ।’’

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताउनुभयो ।