आजको मौसमः मनसुनी वायुको प्रभाव कायमै
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
बाढीपहिरोपछि खानेपानीको चरम सङ्कट
गत शनिबार आएको बाढीपहिरोपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू खानेपानीको चरम सङ्कटमा पुगेका छन् । बाढीपहिरोका कारण खानेपानी उपभोक्ता समिति, स्थानीयवासीले प्रयोग गर्दै आ
आधुनिकताले लोप बनेकाे आरन पेसालाई संरक्षणको पहल
परम्परागत सीप र प्रविधिको प्रयोगमा आधारित रहेर पुस्तौँदेखि सञ्चालन हुँदै आएका बाली घरे प्रथा ‘आरन पेसा’ पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेपछि प्युठानको एक वडा कार्यालय संरक्षणको प्रयासमा जुटेको छ ।
मधेशको सञ्चार क्षेत्रमा समस्याका चाङ
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशको सञ्चार क्षेत्र नाजुक अवस्थाबाट गुज्रिरहेको बताउनुभएको छ । उहाँले मधेशका मिडियाको उत्थान, प्रगति, सुरक्षालगायत समग्र क्षेत्रको अवस्था दयनीय र टिठलाग्दो रहेको बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशमा आइतबार बर्दीबासमा आयोजना गरेको ‘प्रदेश सञ्चार ऐन तथा नियमावली’ सम्बन्धी अन्तव्रिर्mया कार्यव्रmममा मन्त्री लेखीले सो कुरा बताउनुभएको हो ।
दुर्घटनामा प्रहरी जवानको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी– ८ चिसाङपुल नजिकै आइतबार साँझ भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका एक प्रहरी जवानको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु
गोरखामा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका – १९ का १९ वर्षीय प्रिन्स अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
कर्णालीमा विद्युतीकरण, अझै डेढ वर्ष लाग्ने
भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युत्विहीन रहेका छन् । डोल्पाका छ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै बिजुली पुग्न सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
दस वर्षमा नौ सयभन्दा बढीको मृत्यु
कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
‘नदीजन्य पदार्थको निकासी खोल्नु पर्छ’
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मुलुकको अर्थतन्त्र सुधारका लागि नदीजन्य पदार्थ (ढुङ्गा गिट्टी) को निकासी खोल्नुपर्ने बताउनुभएको छ ।
बिक्री भएनन् खसीबोका
दाङको लमही नगरपालिका–८, निमुखुट्टीका टोपबहादुर रावत खसीबोका बिक्री नहुँदा व्यापारीको खोजीमा हुनुहुन्छ ।
पिङको आनन्द
दसैँमा विजयादशमीकै दिन ‘पिङ खेलेर भुइँ छोड्ने’ परम्परा ग्रामीण लोकपरिवेशको एउटा गहना हो तर नौ डाँडा थर्काउँदै चचहुई चचहुई गर्दै महोत्सवको स्वरूप
मदन पुरस्कार विजेताको दसैँ
वर्षभरिका अविच्छिन्न सङ्घर्षपूर्ण दैनिकीलाई थाती राखेर जीवनपथलाई नवीन आशा र ऊर्जाका साथ अघि बढाउने सङ्कल्प गर्ने माध्यम हुन् हाम्रा सबै चाडपर्व । दसैँतिहार, छठसहित सबै पर्वले समयानुकूल पृथक् मौलिक विशेषता भित्र्याएका हुन्छन्
गुल्जार अर्थतन्त्र
दसैँ सुरु भएपछि बजारमा चहलपहल बढेको छ । नेपालीको महान चाड दसैँमा नयाँ कपडा किन्ने, अन्य सामग्री खरिदबिक्री गर्ने हुँदा बजारमा किनमेल वृद्धि हुन्छ ।
यात्रामय दसैँ
बडादसैँको रौनकले सहर र गाउँमा धपक्कै ढाकिसक्यो । घटस्थापना सुरु भएसँगै घरआँगन, गाउँटोल र बस्तीहरू सफा बन्ने क्रम सुरु भएको छ । गाउँघरका डाँडा, चउर र मैदानमा लिङ्गे पिङ र रोटे पिङ मच्चिन थालिसकेका छन् । घर घरमा मिठामसिना पाकवान पाकेको सुवास फैलिन थालेको छ । जन्मथलोबाट टाढिएका
सहुलियतसँगै गुणस्तर प्राथमिकता
नेपालमा सार्वजनिक संस्थानहरूले राम्रो सफलता प्राप्त गर्न नसकिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने आफूलाई सफल संस्थानका रूपमा स्थापित गराउन सफल भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेकाे छ । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।
कलाकारको दसैँ
दसैँ हरेक वर्ष परिवर्तित हुँदै गइरहेको संस्कृतिविद् गोविन्द टन्डन बताउनुहुन्छ । उहाँका अनुसार अलिकति पाको उमेरकाले दसैँ पुरानो शैलीको भएन भन्ने गुनासो गर्छन् ।
दसैँ आयो घुम्न जाऔँला
‘दसैँ आयो, खाउँला पिउँला.....नयाँ लुगा लगाउँला’ भनेर औँला भाँचेर गाउने दिन गए । मिठो खाने र नयाँ लुगा लगाउनेको पर्यायवाची बनेको दसैँको परिभाषा फेरिएको छ ।
गन्तव्य ढोरपाटन
हिउँदमा दैलो बन्द गरेर छाडिएका घरहरू खुला छन् अहिले । कात्तिक/मङ्सिरदेखि माघ/फागुनसम्म मरेको सर्प जस्ता सुनसान बाटाघाटामा चहलपहल छ ।
अल्झेको धागोले दिएको खुसी !
२०८१ सालको दसैँ सुरु भइसकेको छ, आश्विन शुक्लप्रतिपदाका दिन घर घरमा जमरा राखेर घटस्थापना गरेपछि नवरात्रि अर्थात् नौरथा प्रारम्भ हुन्छ अनि दसैँ लाग्छ ।
हिमालको अध्ययन गर्न विद्यार्थीहरू थोरङ हिमचुलीमा
हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।