लामो झोलुङ्गे पुल
भाइबहिनीहरू, झोलुङ्गे पुल देख्नुभएको छ ? नदी वा खोला तर्नका लागि लच्किने वा हल्लिने खालका फलामे वस्तु प्रयोग गरेर पुल बनाइएका हुन्छन् । फलामका ठुला खम्बामा पुल अड्याइएको हुन्छ । बच्चालाई सुताउन घरमा तन्ना वा पछ्यौराको झोलुङ्गो बनाउने गरिन्छ । ठ्याक्कै झोलुङ्गो जस्तै हुने भएकाले यस्ता पुललाई झोलुङ्गे पुल भनिएको हो । अब भन्नुहोस् त नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कुन होला ? पक्कै पनि हामी सबैले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदीमा बनेको झोलुङ्गे पुल सबैभन्दा लामो हो भनी पढ्दै र सुन्दै आ
क्याप्टेन छान्न चुनाव
साथीहरू, सांसद छान्ने चुनाव देख्नुभएको छ ? चुनावका लागि मतपत्र तयार गरिन्छ । मतदातासँग मत माग्नका लागि चुनाव प्रचार गरिन्छ । तोकिएको दिनमा मतदाता मतदान स्थलमा पुग्छन् । सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ । कर्मचारी पनि हुन्छन् । मतदाताले जसलाई जिताउन चाहन्छन् उनको चुनाव चिह्नमा स्वस्तिक चिह्न भएको छाप लगाउँछन् । त्यसपछि बडेमानको बाकसको प्वालबाट मतपत्रलाई खसालिन्छ । अन्तिममा मत गनिन्छ र सबैभन्दा बढी मत ल्याउनेले चुनाव जित्छन् । ठिक त्यसै गरी कास्की पोखरा–१६, बाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालयले क्याप्टेन र सहायक क्याप्टेन छान्न चुनाव नै गराएको छ ।
भरतपुरको मुख्य बस्तीमा घाइते बाघको त्रास
बाघले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि भरतपुर–११ का स्थानीय त्रसित भएका छन् । दुई हप्तायता बाघले बस्तीनजिकै पाडा, बाख्रालाई खाएपछि जङ्गलनजिकैका बस्तीमा त्रास छाएको हो । भरतपुर महानगरपालि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
फार्ममा राखिएका चौँरी
जगदुल्ला गाउँपालिका–४ मौर्रे लेख डोल्पामा रहेको चौरी फार्ममा राखिएका चौँरीहरु । यहाँका अधिकांश स्थानीयबासीहरु चौँरीपालन गरेर आर्थिक लाभ गर्दै आएका छन् ।
‘घर घरमा डाक्टर’ अभियान
महोत्तरीको सीमावर्ती नगरपालिका मनरासिसवाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
धानमा मल छर्दै किसान
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीका किसान धान खेतमा मल छर्दै। विगतका वर्षमा भन्दा यसपटक किसानलाई केही सहज रूपमा मल उपलब्ध भइरहेको छ।
चर्दै गरेका पशु चौपाया
मुगुको छायाँनाथा रारा नगरपालिका ७ मा रहेको सुन्दर सिफ्टिचौर पाटनको चरन क्षेत्रमा बिहीबार चर्दै गरेका पशु चौपाया ।
न्यून गुणस्तरको दुध बिक्रीमा कडाइ
सरकारले तोकेको गुणस्तर मापदण्डविपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दै गुणस्तरहीन दुध बिक्रीमा कडाइ गरेको छ । गत साता मात्रै बुटवल बजारमा गुणस्तर मापदण्डभन्दा विपरीत दुध बिक्री भइरहेको सार्वजनिक भएको थियो । बुटवल उपमहानगरले गरेको अनुगमनमा व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको हो ।
स्याँगै झरना
विश्व चर्चित अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिकामा रहेको धानको फाँट र स्याँगे झरना ।
गाउँमा धमाधम शौचालय निर्माण हुँदै
गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा क्षति पुर्याएको शौचालयको पुनर्निर्माण गरिएको छ । भूकम्पले सल्यान दार्मामा व्यक्तिगत र सार्वजनिक संस्थाका एक हजार ३७ शौचालयमा क्षति पुर्याएको थियो । जसले गर्दा स्थानीय बासिन्दा खुला शौच गर्न बाध्य भएका थिए ।
धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण
धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।
स्वस्थ नेपालतर्फको यात्रा
न्यूनतम आधारभूत आवश्यकताभित्र गाँस, बास, कपास र शिक्षासँगै स्वास्थ्यसमेत पर्छ । संविधानमा नागरिकको स्वास्थ्यसम्बन्धी हक स्थापित गर्नुका साथै स्वास्थ्योपचारमा समान पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ । यद्यपि सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराइने सेवामा समान पहुँच र स्वास्थ्य बिमामार्फतको उपचार सहज तथा व्यवस्थित हुन भने सकिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका प्राथमिकता प्रस्तुत गर्दा निरोगी नेपाल’ सरकारको मुख्य स्वास्थ्य नीति भएको उल्लेख गर्नुभएको छ । सरकारले लक्ष्य प्राप्तिका लागि निरोधात्मक
सडक बगेपछि साल्पासिलिछोमा आवागमन कष्टकर
इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ ।
बडिगाड पहिरोः ५० परिवार विस्थापित
बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।
जेभाले डाँडोमा देवीदेवताको प्रतिमा
पाँचथर फिदिम नगरपालिका–१३ स्थित जेभाले डाँडोका ठुलठुला ढुङ्गामा विभिन्न धर्ममा आधारित आस्थाका देवीदेवतासहित राष्ट्रिय झन्डा र राष्ट्रिय विभूतिका प्रतिमा निर्माण गरिएपछि यस डाँडोले सबैलाई लोभ्याउन थालेको छ । स्थानीयवासीको अग्रसरतामा सुम्निमा पारुहाङ, महादेव, गौतम बुद्ध, नेपालको राष्ट्रिय झन्डा र किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा बनाइएका छन् ।
जापान : सपना सङ्घर्ष र सफलता
जिज्ञानकुमार थापाको गैर आख्यान्तमक पुस्तक जापानः सपना सङ्घर्ष र सफलता शनिबार लोकार्पण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक जिज्ञानकुमार थापाले उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभएको हो । किताब समय सान्दर्भिक भएको राजदूत युताकाले बताउनुभयो । उहाँका अनुसार, किताबमा सङ्घर्षलाई जोड दिइएको छ, जापानीले नेपालको र नेपालीले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल र जापानबिचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ, उहाँले भन्नुभयो ।
‘कृषि क्षेत्रमा नेपालले चालेको कदममा चीनको सहयोग रहने’
नेपालका लागि चिनियाँ राजदूत चेना सोङले नेपालमा रासायनिक मल कारखाना स्थापनामा चीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आफ्नो निवासमा पत्रकारसँग कुरा गर्दै राजदूत सोङले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै कार्य थालिने बताउनुभयो । आगामी एक वर्षभित्रमा मल कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम सकाउने धारणा उहाँले राख्नुभएको थियो । यसै गरी राजदूत सोङले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग मन्त्रालयमा बिहीबार भेटेर कृषि क्षेत्रका लागि नेपालले चालेको कदममा चीनको सहयोग रहने बताउनुभएको थियो । कृषिमा चीनले ठुलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले च्याउको खेतीबाट चीनको गरिबी घटाउन सहयोग पुगेको धारणा राख्नुभयो ।
भरतपुरको पुँजीगत खर्च छपन्न प्रतिशत मात्र
भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा पुँजीगत खर्च वृद्धि हुन नसकेको जनाएको छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार चालुतर्फ ८६ प्रतिशत खर्च भएको छ ।
स्टार्टअप उद्यम कर्जाबापत सत्र करोड वितरण
स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपियाँ वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमको हालसम्म १७ करोड रुपियाँ विनियोजन गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ । गत आवको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको थियो । स्टार्टअप उद्यममा छनोट भएका १८३ परियोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले १६५ परियोजनलाई १७ करोड रुपियाँ वितरण गरिसकेको जानकारी दिनुभयो । साउनभित्रै छनोटमा परेको बाँकी परियोजनालाई स्टार्टअप उद्यमकर्जा वितरण गरिसक्ने उहाँले जानकारी दिनुभयो ।
रोकिएन मिटरब्याजको शोषण: ३६ लाख दिएर दुई करोड असुली
मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने देखाएको छ । तथापि प्रहरीले भुसाललाई पक्राउ गरी कारबाही चलाएको छ ।
आजको मौसमः अधिकांश क्षेत्रमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
संसदीय छानबिन समिति,जेलमा रहेका शर्मासँग बयान
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको अपचलनमा मुद्दा परेपछि नख्खु जेलमा रहेका अध्यक्ष शर्मासँग समितिको बैठकमै ल्याएर सोधपुछ गरिएको हो ।