चुरे संरक्षण परियोजना पुनर्संरचना हुने भयो
सरकारले चुरे संरक्षण परियोजनालाई पुनर्संरचनासँगै गुरुयोजना पुनरवलोकन गर्ने भएको छ ।
१२ कक्षापछि जनरल नर्सिङ
स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न कक्षा १२ पास गरेका विद्यार्थीले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
कार्यान्वयनमा दक्ष कर्मचारीको अभाव
तीन वटै तहका कार्यालयले क्रमिक रूपमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) कार्यान्वयन गरी प्रविधिमैत्री सेवा सुरु गरे पनि पर्याप्त दक्ष कर्मचारीको अभावमा सो प्रणालीको कार्यान्वयन सुस्त भएको छ ।
शिक्षा विधेयक अन्तिम चरणमा
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ ।
बाह्र विद्यालयका संस्थापकको वृद्धाश्रममा बास !
कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति हुनुहुन्थ्यो टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उहाँले अध्यापन गराउनुभयो ।
एमाले जननिर्वाचित शासन सत्ताको पक्षमा छ:पोखरेल
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा (एमाले) जननिर्वाचित शासन सत्ताको पक्षमा रहेको बताउनुभएको छ ।
राप्ती साहित्य परिषद्को अध्यक्षमा देवकोटा
राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा निर्वाचित हुनुभएको छ । शनिवार दाङको घोराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको आज विमोचन गरिएको छ । सो कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो ।
८० घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य
सर्लाहीको ईश्वरपुर नगरपालिका –१२, फूलजोर खोलामा ८० भन्दा बढी घरधुरीमा खानेपानी सुविधा पुर्याउने लक्ष्यसहित इन्टेक निर्माण गरिएको छ ।
आधारभूत अस्पतालको साङ्गठनिक संरचनामा दन्त चिकित्सकको दरबन्दी राख्न माग
नेपाल डेन्टल एसोसिएसनले आधारभूत अस्पतालको साङ्गठनिक संरचनामा दन्त चिकित्सकको दरबन्दी अनिवार्य गराउन माग गरेकाे छ ।
'अभियान सम्मेलन २०२५' काठमाडौंमा हुने
जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित 'अभियान सम्मेलन २०२५' आगामी ५ र ६ 'मे' मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको छ । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।
पाङ्थली जोड्ने मोटर बाटो खुल्यो, स्थानीय खुसी
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ ।
आगलागीबाट २० लाखको क्षति
पुतलीबजार नगरपालिका–७र्यालेमा आगलागीबाट २० लाख बराबरको क्षति भएको छ ।
पत्रकारलाई १० लाखको दुर्घटना बिमा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।
लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’
बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो ।
लिच्छवि संवतको निर्णयमा संशोधन
विश्व वाङ्मयमा सबैभन्दा जेठो ग्रन्थ वेद हो । वेद चार छन् ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । प्रत्येक वेदका धेरै शाखा छन् । वेदका शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्दःशास्त्र र ज्योतिष यी छ वटा अङ्क छन् । यीमध्ये शिक्षाशास्त्रले वर्णह
नीति निर्माणका लागि विषयगत समितिसँग छलफल
मोरङको लेटाङ नगरपालिकाले नगरपालिकाको नीति निर्माणका क्रममा नयाँ अभ्यास सुरु गरेको छ । अघिल्ला वर्षहरूमा नगरसभा सुरु हुनुभन्दा केही दिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा नगरपालिकाले यस वर्षदेखि विषयगत समितिहरूसँग नीति निर्माणका विषयमा छलफल थालेको हो ।
पहेँलो घर (कथा)
हातभरि माटोको सुगन्ध पोतिएको थियो, चिकनी माटोले पूजाकोठा लिप्दै थिएँ, पछाडिबाट आएर मेरो मुखमा श्रीमान्ले एउटा लालमोहन हालिदिनुभयो । बडो कठिनसाथ हतार हतार चपाएर निलेँ । मेरो सात्तो गएको थियो, कारण बिहानको
अथक परिश्रमको स्वागतयोग्य सम्प्राप्ति
नीलकमल (कमल सुवेदी) नेपाली नाटक, रङ्गमञ्च, चलचित्र, लोकवाङ्मयका क्षेत्रका चिनारीमूलक लेखन तथा अन्वेषणमा लागिपरेको पाइन्छ । उहाँको ‘सङ्क्षिप्त नेपाली नाट्यकोश’ (नाटक र रङ्गमञ्चका पारिभाषिक शब्द) (२०८१) प्रकाश
अतृप्त प्रेम (कविता)
हिजोआज मन उषासँगै अनेक चाह बोकेर उदाउँछ हरेक भोरहरूमा
सर्वस्व यै देश मेरो (कविता)
स्वाभिमान अग्लो मेरो शैलश्रेणी बास सर्वस्व यै देश मेरो कर्मभूमि खास ।
किशोर प्रश्नहरू
त्यो जुनकिरी किन धर्तीमै अलमलिरहन्छ ? किन चहार्दैन आकाशभरि ? जुनकिरीले झैँ लुसिफेरेन्स् बोकेर के म हिँड्न सक्छु ? जुनकिरीले झैँ के म धर्ती उज्यालो बनाउन सक्छु ?
झारमारे भएर ओरालो झरेपछि
शरीरसँग टाउकोलाई ९० डिग्रीमा तेर्सो पारेर हेर्दा लाग्छ, झारमारेको उकालो यात्रा आकाशमै गएर टुङ्गिन्छ । डाँडामा पुगेपछि सिस्ने हिमाल खराने रङको देखियो । सिस्ने हिमाललाई पिठिउँ फर्काएर ओरालो हेर्दा रातो भिर देखियो, जहाँबाट