• २१ वैशाख २०८२, आइतबार

राप्ती साहित्य परिषद्को अध्यक्षमा देवकोटा

blog

राप्ती साहित्य परिषद्को नवनिर्वाचित कार्यसमिति । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख २० गते। राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा निर्वाचित हुनुभएको छ । शनिवार दाङको घोराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै, अधिवेशनबाट परिषद्को वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र कोषाध्यक्षमा बसन्त पोख्रेल चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा धनसिंह गिरी, सुवास न्यौपाने, सरीता देवकोटा, पूर्णर वली, सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्‌का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, मोहनसिंह घर्ती चयन हुनुभएको छ ।