पुर्जाको कम्पनीले करोडभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने
साढे दुई वर्षअघि काठमाडौँको कपनमा भएको आगलागीको घटनामा पर्वतारोही निर्मल पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रालिले घरधनीलाई करोडभन्दा क्षतिपूर्ति तिर्नुपर्ने अदालतले फैसला गरेको छ ।
सङ्घीय कार्यालयमा ओएनएम, साना पद घटाएर बढाइँदै ठुला पद
सरकारले सङ्घीय निकायका कार्यालयमा तल्लो तहका पदहरूमा दरबन्दी घटाउने र माथिल्लो पदहरूमा कर्मचारीको दरबन्दी थप्दै लगेको छ ।
सामाजिक सञ्जालको बेथिति नियमन गर्न जरुरी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । म
‘फ्लाई ओभर’ अन्ततः ‘ओभर पास’
ललितपुरको ग्वार्को क्षेत्रको यातायात सहजीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथमा निर्माणाधीन भौतिक संरचना ‘फ्लाई ओभर’ नभई ‘ओभर पास’ रहेको खुलासा भएको छ ।
दैनिक २० टन क्षमताको जडिबुटी प्रशोधन केन्द्र
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडिबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मानगरपालिका ५ स्थित कालीगण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रालिले ८ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।
होटलमा युवक मृत फेला
मकवानपुरको हेटौंडामा बिहीबार एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा १० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा ४ का २८ वर्षीय सरोज शाह मृत भेटिएका हुन् ।
तीनसय २५ बालबालिकालाई न्यानो कपडा
बिपन्न परिवारका बालवालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका भित्रका तीनसय २५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।
सेवा दिने भावनासाथ शिक्षा लिन विद्यार्थीलाई मुख्यमन्त्रीको आग्रह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चिकित्सा शिक्षा अध्ययन पश्चात देशलाई सेवा दिने मनोभावका साथ शिक्षा लिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
स्वाइन फिभरबाट ३५ बङ्गुर मरे
कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका ३५ बङ्गुर मरेका छन् । घोडाघोडी नगरपालिका –९ का कृषक प्रशु चौधरीले पालेका बङ्गुर अफ्रिकन स्वाइन फिभर लागेर मरेका हुन ।
प्रजातन्त्र सेनानी बस्नेतको निधन
प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । काठमाडाैँको गौरीघाट स्थित निजी निवासमा बुधबार राती ९ः३८ बजे ९८ वर्षको उमेरमा निधन भएको हो ।
लमही आँखा अस्पतालमा 'इएनटी इन्डोस्कोपी' सेवा सुरु
दाङको लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न र गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ ।
घोडाघोडी सिमसार क्षेत्रमा जलपंक्षी गणना
विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना गरिएको छ ।
भारतले 'आइएसआई' नवीकरण नगर्दा सिमेन्ट निर्यात रोकियो
भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नविकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।
नौ हजार किशोरीलाई एचपिभी खोप
इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो ।
प्याब्सन इलाममा पहिलो महिला नेतृत्व
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
हिमपातपछि खुलेकाे फालोट
पाँचथरको माथिल्लो हिमाली क्षेत्र फालेलुङ गाउँपालिकाको फालोटमा परेको हिमपातले यो क्षेत्रलाई जादुमय रूप दिएको छ ।
थारू गाउँमा माघका लागि ‘जिता’ अभाव
कैलालीको थारू बस्तीमा माघ (माघी) पर्वका लागि जिता अभाव देखिएको छ । पहिलेको तुलनामा गाउँघरमा सुङ्गुर, बङ्गुर कम रहेकाले पर्वका लागि जिता अभाव भएको बरघरहरुको भनाइ छ ।
हिउँ परेन, चिसो मात्रै बढ्यो
जलवायु परिवर्तनका कारण समयमै हिउँ नपर्दा विगत वर्षको तुलनामा यस वर्ष मनाङमा ह्वात्तै चिसो बढेको छ ।
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ ।
महायज्ञमा चार करोड ४१ लाख दान सङ्कलन
शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाखभन्दा बढी दान सङ्कलन भएको छ । गत पुस १६ देखि २३ सम्म भएको धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा चार करोड ४१ लाख ५९ हजार ८६३ रुपियाँ दान संकलन भएको हो ।
मिथिला चित्रकला बन्दैछ युवा कलाकारको ‘करियर’
पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात् जीविकोपार्जनका रूपमा अँगाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ ।
उपप्रधानमन्त्री सिंहद्वारा तनहुँ महाेत्सवको उद्घाटन
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव सुरु भएको छ।
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो ।