• २६ पुस २०८१, शुक्रबार

पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न निर्देशन

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस २५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न र गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ । नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले यो धेरै नै महत्वको योजना भएकाले लापरबाही नहुने र गर्न नदिने उल्लेख गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

बिहीबार झापामा पूर्व पश्चिम राजमार्ग विस्तार आयोजनाको निरीक्षण गर्दै उहाँले राजमार्ग निर्माणमा ढिलाइ स्वीकार्य नहुने बताउनुभयो । "पूर्व पश्चिम राजमार्ग सरकारको उच्च प्राथमिकताको महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयमा सम्पन्न गर्न जरुरी छ", उहाँले भन्नुभयो । 

गुणस्तरीय काम निर्धारित समयमा सक्नका लागि सरोकारवाला सबै निकायलाई निर्देशन दिइएको उहाँले जनाउनुभयो । झापा जिल्लामा राजमार्ग निर्माणको काम तीव्र रुपमा भइरहेको छ । राजमार्गको दायाँबायाँ सम्याउने कामसँगै कन्काई, रतुवा, बिरिङलगायतका ठुला पुलहरु पनि निर्माणको काम भइरहेको छ ।