काठमाडौँका यी स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
सर्जकको अधिकार सुनिश्चित गर्न जोड
प्रतिलिपि अधिकारसम्बन्धी ऐन, २०५९ संशोधन हुँदा फोटो र चित्रकलाको प्रतिलिपि अधिकारको विषयमा पनि स्पष्ट लेखिनुपर्नेमा जोड दिइएको छ ।
विद्युतीय सवारी प्रयोगमा जोड
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले नेपालमा पर्न सक्ने समस्यालाई दृष्टिगत गरी पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
युरोपको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टीकापुर जग्गा प्रकरण : सतासी जना दोषी ठहर
कैलालीको टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८७ जना दोषी ठहर भएका छन् ।
कर्मचारी सङ्गठनको माग: जहाँ सरकार, त्यहाँ ट्रेड युनियन
निजामती सेवामा दलगत ट्रेड युनियन बन्देजको माग बढिरहेका बेला कर्मचारी सङ्गठनका प्रतिनिधिले भने दायरा विस्तारको प्रस्ताव गरेका छन् ।
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै
तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विषादीयुक्त टाटेसिमी नष्ट
काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा विषादीको मात्रा धेरै देखिएको छ ।
नेपाल बैङ्कका कर्मचारी र ग्राहकलाई बुद्ध एयरमा छुट
नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट पाउने भएका छन् ।
ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी माघदेखि खाना पकाउने एलपी ग्यासमा फरक फरक मूल्य कायम गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
पाँच महिनामा मूल्यवृद्धि उच्च
मुलुकको मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो वर्षको तुलनामा बढेको हो ।
सिमेन्ट खरिद रोक्ने चेतावनी
सिमेन्टमा पछिल्लो समय अत्यधिक मूल्यवृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित छन् । उनीहरूले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्रीसमेत नगर्ने चेतावनी दिएका छन् ।
अमेरिकामा बाक्लो हिमपात र उग्र डढेलो
संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा त्यहाँको जनजीवन अत्यधिक प्रभावित बनेको छ । लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दस जनाको ज्यान गएको छ ।
गाउँलाई आफ्नै उत्पादन हितकारी
देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको छ ।
जेसिबीको ठक्करबाट बालिकाको मृत्यु
नागार्जुन नगरपालिका –६ ह्वाइट गुम्बानजिक बा २ क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ ।
पिकअप गाडी दुर्घटना हुँदा दुईको मृत्यु
पाख्रीबास नगरपालिका –३ स्थित जौटारमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सुंगुर बोकेर हिलेतर्फ आउदै गरेको पिकअप गाडी दुर्घट्ना हुदा पिकअप चालक पाख्रीबास नगरपालिका –९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह–चालक लहान नगरपालिका –५ सिरहाका २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।
पुल भाँचिएर अवरुद्ध राजमार्ग बैकल्पिक रुपमा सञ्चालनमा
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सन निर्माणपछि सञ्चालनमा आएको छ ।
‘पत्रकारितामा छिर्न सहज छ, टिक्न कठिन’
वरिष्ठ पत्रकार तथा बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारिता पेशामा छिर्न सहज भए पनि टिक्न निकै कठिन रहेको बताउनुभएको छ ।
उखुको पत्कर जलाउँदा छिमेकीको उखु जल्यो
सर्लाहीको सीमावर्ती क्षेत्रस्थित बलरामा शुक्रबार दिउँसो एक जना किसानले आफ्नो खेतमा काटिसकेको उखुको पत्कर (पात) जलाउँदा छिमेकीको खेतमा काट्न बाँकी रहेको उखु जलेर नष्ट भएको छ ।
गण्डक नहरमा पानी भरिएपछि सिँचाइमा सहज
पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि करिब १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
जिप दुर्घटना हुँदा तीन घाइते
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –२ को बाँदरपानी नजिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
अपाङ्गता भएकालाई घरमै परिचयपत्र
जिल्लामा झिमरुक गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।