प्रधानमन्त्री कार्यालयको प्रभावकारिता
विभिन्न शासनव्यवस्थामा प्रधानमन्त्री कार्यालयले मुलुकको शासकीय नेतृत्व गरेको छ ।
संसदीय अभ्यासको मूल्य
बेलायतमा कानुनको शासन छ । त्यहाँ संसदीय सर्वोच्चता कायम छ ।
सूचनाको हकका अभियन्ता
सूचनाको हक’ लोकतान्त्रिक शासनव्यवस्थाको मेरुदण्ड हो ।
प्रम ओलीद्वारा गायक थापालाई बधाई
पछिल्लो समय बालकदेखि वृद्धसम्मको मुखमा झुन्डिएको एउटा गीत हो, ‘दुस्मन हेरेको हेर्यै ।’ गायक तथा परफर्मर दुर्गेश थापाले पाँच महिनाअघि सार्वजनिक गरेको यो गीत १० करोड क्लबमा प्रवेश गरेको छ ।
राष्ट्रिय कविता महोत्सव, उत्कृष्ट दस कविता छनोट
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा दस जना कविका दस वटा कविता उत्कृष्ट भएका छन् ।
वार्षिक असी हजार किलो माछा
धेरैले विदेशमा भविष्य खोज्दा सियारी गाउँपालिका–३, रुपन्देहीका सुभाष कुर्मीले भने स्वदेशी भूमिमै समृद्धिको बाटो देख्नुभयो । उहाँले माछा पालेरै नाम र दाम कमाउन सफल हुनुभएको छ
‘टेक एन्ड पे’ को प्रावधान सच्याउन आग्रह
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदीप्रवाही (रन अफ दी रिभर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) लेऊ र तिर (टेक एन्ड पे) मा गर्ने व्यवस्था गलत भएको सांसद र विज्ञले बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार यस विषयमा आयोजना गरेको कार्यक्रममा उनीहरूले ऊर्जा क्षेत्रलाई बचाउन यो व्यवस्था संशोधन गरेर लेऊ वा तिर (टेक अर पे) मै गर्नुपर्ने सुझाव दिएका छन् ।
बढ्यो चिया निर्यात अर्गानिक उत्पादनमा समस्या
चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०.५ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष उत्पादन पनि राम्रो भएकाले निर्यातको अवस्था राम्रो भएको उद्योगीले बताएका छन् ।
प्रदेशका समस्या अनावश्यक संरचना
योजना तर्जुमा, बजेट निर्माण, कर सङ्कलन, कर्मचारी भर्ना र अनावश्यक संरचना निर्माण प्रदेश सरकारका साझा समस्याका रूपमा रहेको बताइएको छ । सङ्घीयता तथा स्थानीयकरण केन्द्रले सोमबार आयोजना गरेको ‘अन्तरप्रदेश संवाद कार्यक्रम’ मा सहभागी प्रदेशका अर्थ सचिवहरूले प्रदेशमा अनावश्यक संरचना निर्माणले खर्च बढिरहेको बताउनुभएको हो ।
घरजग्गा कर्जा सीमा पचास प्रतिशतभन्दा बढी गर्न सुझाव
कोशी प्रदेशका उद्योगी व्यवसायीले घरजग्गा तथा रियल स्टेट कर्जाको सीमा ५० प्रतिशतभन्दा बढी बनाउनुपर्ने सुझाव दिएका छन् ।
सीमितताबिच सन्तुलन कायम गरिएको दाबी
विनियोजन विधेयक–२०८२ को मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिनेक्रम सोमबारदेखि सुरु भएको छ । सोमबार १६ विभागीय मन्त्रीले एकै दिन जवाफ दिएका छन् ।
भारतमा सयौँ नेपाली बन्धक
अनलाइन ठगीसहितको सङ्गठित मानव तस्करीमा परेर भारतमा सात सयभन्दा बढी नेपाली नागरिक बन्धक बन्न पुगेका छन् । बन्धक बनाइएका एक नेपाली युवाको कुटपिटबाट मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित उद्यमसिंहनगर र रुद्रपुरका विभिन्न स्थानमा सयौँ नेपाली नागरिकलाई बन्धक बनाएर ठगी गरिएको छ ।
‘नेपालीको सुरक्षा उच्च प्राथमिकतामा’
इजरायल–इरान युद्धको चपेटामा परेका नेपाली नागरिकहरूको उद्धार र स्वदेश फिर्ता ल्याउने प्रक्रियालाई सरकारले तीव्र बनाएको छ । यस अनुसार इरानमा रहेका १६ जनामध्ये ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विद्युतीय सवारी : आकर्षण बढ्दो, चालक अन्योल
विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दो छ । पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारीसाधनले विस्थापन गर्दै छन् तर दक्ष र प्राविधिक ज्ञान नहुँदा विद्युतीय सवारीसाधन दुर्घटना भइरहेका छन् ।
साढे दस करोडको बिजुली दैनिक निर्यात
असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात गर्न थालेको छ ।
इजरायल–इरान युद्ध लम्बिँदै
अमेरिकाले शक्तिशाली बङ्कर बमहरू प्रहार गरी इरानका तीन वटा आणविक केन्द्रमा ठुलो क्षति पु¥याए पनि इरानले आत्मसमर्पण गर्न नमानेसँगै इजरायल–इरान युद्ध लम्बिने भएको छ ।
निर्वाचन क्षेत्र रणनीतिक सडकहरूलाई राष्ट्रिय राजमार्ग सरह निर्माण गर्छौंः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले १६५ वटै निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ ।प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
खेलकुदमा आत्मबल र संलग्नता बढाउन सरकारको पहल, युवा पलायन न्यूनीकरणमा पनि जोड
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा युवाको आत्मबल र संलग्नता बढाउन मन्त्रालयले लागि परेको बताउनुभएको छ ।
मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।
अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन
गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिनुभएको हो ।
निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याइनेः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साउनदेखि निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गरिब घर, परिवारको छनोट प्रक्रिया २०८२ भित्र सक्छौँ: मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया २०८२ भित्र सक्ने गरी सरकार अघि बढेको बताउनुभएको छ ।
भाषाको संरक्षणमा राज्यको लगानी बढाउन सुझाव
अति लोपोन्मुख १० भाषाका अगुवा वक्ताहरुले भाषाको संरक्षण र प्रवर्धनमा राज्यको लगानी आवश्यक रहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषा आयोगको संयुक्त आयोजनामा भएको कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताउनुभएको हो ।
विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्विप
नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।