‘सामाजिक न्यायका लागि स्थायित्व’
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आइतबार उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
निर्वाचन स्वच्छ हुनु पर्छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउनुभएको छ । नेकपा प्रचार विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिलेको निर्वाचन नियमित नभएर असाधारण भएको उल्लेख गर्दै यो सबै पक्ष मिलेर यसलाई निष्पक्ष बनाउनुपर्ने बताउनुभयो ।
इराकमा घरेलु कामदारको श्रम स्वीकृति अन्योल
सरकारले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर वैधानिक बसाइ ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था गरे पनि घरेलु श्रमिकको विषयमा अन्योल भएको छ ।
तेस्रो देशका पर्यटकका लागि खुला
नेपाल–भारत जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि छ वर्षपछि आवतजावत सुरु गरिएको छ । छ वर्षअघि कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउनजान बन्द गरिएको थियो । जमुनाहस्थित अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रूपमा सञ्चालन गरिएकाले पर्यटकलाई सहज भएको छ ।
चार वटा हेलिकोप्टर कम्पनी भित्रिँदै
नेपाली उड्डयन क्षेत्रमा थप चार वटा हेलिकोप्टर कम्पनी भित्रिने प्रक्रियामा छन् । हेलिकोप्टरको बढ्दो प्रयोग, आरोहणतर्फको आकर्षण र हवाईक्षेत्रको व्यापारमा छाएको उत्साहसँगै नयाँ चार वटा हेलिकोप्टर कम्पनी वायुसेवा सञ्चालनको अनुमति लिने प्रक्रियामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चुनावलक्षित गोलभेँडा खेती
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मुलुकभर चुनावी माहोल तातेको छ । उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् भने सामाजिक सञ्जाल र सार्वजनिक स्थान चुनावी प्रचारप्रसार र हार जितको विश्लेषणले भरिन थालेका छन् ।
दलहरूको घोषणापत्र : आर्थिक एजेन्डा समेट्न सुझाव
समयअगावैको निर्वाचनसँग खास खुसी नरहेका विराटनगरका उद्योगी व्यवसायीले दलहरूलाई घोषणापत्रमा आर्थिक सुधारका एजेन्डा प्रस्तुत गर्न माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा भोग्नु परेको परिस्थितिसँग झस्केको निजी क्षेत्रले दिएका १५ बुँदे आर्थिक सुधारका सुझावमा औद्योगिक क्षेत्रमा कडा र दण्डनीय सुरक्षा नीतिको माग गरेको छ ।
आफ्नै क्षेत्रमा केन्द्रित हुन निर्देशन
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सम्पन्न बैठकमा उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत निर्देशिका परिमार्जनसहित पारित भएको हो ।
नाटकीय भिडियो बनाएर ठगी धन्दा
मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाको चेपाङ समु्दायको गरिबीलाई सामाजिक सञ्जालमा नाटकीय रूपमा प्रस्तुत गरी दातासँग सहयोग माग्ने गरेको पाइएको छ । चेपाङ समुदायको गरिबी देखाएर विदेशी तथा स्वदेशी दातृसंस्था तथा व्यक्तिसँग रकम वा जिन्सी सामग्री माग्ने र वितरण गर्ने गरेकोबारे राक्सिराङ गाउँपालिकाले चासो देखाएको हो ।
चर्चा हरेक चुनावमा तर बन्दैन बाटो
आठ किलोमिटर बाटो नछिचोलिँदा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का बासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशिक अस्पताल जान ६० किलोमिटेर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गत त्रिवेणी–दुम्कीबास सडकको आठ किमिखण्ड बन्ने हो भने ६० किमिको यात्रा २० किमिमा छोटिन्छ ।
जिम्मेवारी बाँड्दा बोझ कम
आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन स्थानीय निकायलाई विगतमा भन्दा धेरै जिम्मेवारी र अधिकार दिइएको छ । जिल्लागत रूपमा अधिकार प्रत्यायोजन गरिएका कारण यस पटक केन्द्रमा बोझ पनि कम भएको आयोगका अधिकारीले महसुस गरेका छन् । विगतमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराउनुभएका आयुक्तहरू आयोगमा रहनुभएका कारण पनि यस पटक निर्वाचनसम्बन्धी तयारी तथा कार्यहरू प्रभावकारी देखिएको हो ।
ट्राफिक व्यवस्थापन सहज हुने
बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । यो ‘फ्लाइओभर’ हुँदै दुई हजार ६६७ मिटर लम्बाइको नागढुङ्गा–सिस्नेखोला सुरुङमा पुग्न सकिन्छ ।
छानबिन प्रतिवेदन यसै साता
गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
फर्कदै फेरि मुगाली रौनक
उमेरले ८१ वर्षीय वीरबहादुर थापा ‘दादाकाजी’ जीवनको उत्तरार्धमा जन्मगाउँ मुगा फर्कने तयारीमा हुनुहुन्छ । उहाँ गाउँ फर्कन मुगामा रहेको पुरानो घर स्थानीयवासीको सहयोगमा सरसफाइ र रङरोगन गराउँदै हुनुहुन्छ । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका जेठा दाजुका छोरा, २००१ सालमा हालको पाख्रीबास नगरपालिका–८, मुगामा जन्मनुभएका दादाकाजीलाई जीवनको उत्तरार्धमा जन्मगाउँले तान्यो ।
‘आदिबासीको पहिचान संरक्षका लागि प्रतिष्ठान गठन भयो’
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले लामो समयसम्म राज्यका नीति, शासन प्रणाली र विकास प्रक्रियाबाट वञ्चित पारिएका आदिवासी जनजातिहरूको पहिचान, अधिकार र सहभागिता सुनिश्चित गर्न २०५८ मा प्रतिष्ठान ऐनमार्फत राज्यले प्रतिष्ठान स्थापना गरेको बताउनुभएको छ ।
लाइसेन्सविना चलाइएका १८ अटोरिक्सा नियन्त्रणमा
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिइ सञ्चालन गरिएका १८ अटोरिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोलीले जिल्लाको खलंगा, लुहाम, कपुरकोट, थारमारे र सल्लीबजार क्षेत्रमा सञ्चालन भइरहेका लाइसेन्सविनाका अटोरिक्सा नियन्त्रणमा लिएको हो ।
सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्धनमा गृहमन्त्रीको जोड
गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
अध्यक्ष ओलीलाई प्रश्न ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क बन्छ ?’
एक दशक अघिदेखि निर्माणको चर्चा भएको र ५ वर्षअघि शिलान्यास भएको दक्षिण एशियाकै सबैभन्दा ठुलो भनिएको ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ अहिलेसम्म बन्न नसकेको बिषयमा स्थानीयहरुले प्रश्न उठाउनु भएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।
केन्जोको प्रतिमा निर्माण
ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली भेगमा पाइने दुर्लभ प्रजाति केन्जो फुलको प्रचारप्रसार तथा संरक्षणका लागि प्रतिमा निर्माण गरिएको हो ।
प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेश सभाको छैटौं अर्थात बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा आइतबारराति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो ।
जब्दीघाटमा निःशुल्क काठको पुल सञ्चालन
केही महिना अघिदेखि जब्दीघाटमा पैसा तिरेर काठको पुल तर्न बाध्य स्थानीयले अहिले निःशुल्क पुल तर्न पाएका छन् ।
निर्वाचन आचारसंहिता : राजनीतिक दलले के गर्न हुँदैन ?
२०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको अवस्था छ ।
१८ वटा अति संवेदनशील मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कायम भएका अतिसंवेदनशील मतदानस्थलहरुको जिल्ला स्तरीय अनुगमन समितिद्वारा अनुगमन गर्ने कार्य भएको छ ।