मुलकको सम्वृद्धि र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो : प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ ।
महोत्तरीमा पहिलो चरणमा आठ पालिकामा एचपिभी खोप लगाउन सुरु
महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ ।
झापामा मतदानस्थलको अनुगमन सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ ।
सरकारी प्राथमिकता तर समुदायको सहयोग न्यून
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम र न्यूनीकरण गर्नका लागि किशोरीहरूलाई लक्षित गरी ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।
एकीकृत परिवार योजना सेवा, घुम्ती शिविर सञ्चालन हुने
नवलपुरमा निःशुल्क एकीकृत परिवार योजना सेवा सम्बन्धी घुम्ती शिविर सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा मंगलबारदेखि शिविर सञ्चालन हुने भएको हो ।
सनम हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेलाई थप दश वर्ष कैद
३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।
छथर क्षेत्रमा जातीय-सांस्कृतिक विविधता र सहअस्तित्वबारे प्राज्ञिक विचार गोष्ठी
तेह्रथुमको छथर गाउपालिकामा छथर क्षेत्रमा जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा केन्द्रित प्राज्ञिक विचार गोष्ठी आयोजना गरिएको छ ।
विकासका लागि प्रणालीगत सुधारमा लाग्नुपर्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताउनु भएको छ । विकासको परम्परागत शैली अब काम नलाग्ने उहाँको तर्क छ ।
ब्रिटिस गोर्खाका कार्य प्रशंसनीय : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।
सुनसरी खोला तटबन्ध, बाढी नियन्त्रणदेखी जङ्गली जनावर आतङ्क नियन्त्रणसम्म
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, कोशी बाढी प्रभावित र सडक सञ्जाल, कोशी टप्पुबाट निस्कने जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न उम्मेदबारहरुसँग माग गरेका छन् ।
कास्की– २ का उम्मेदवार बास्तोला लडेर घाइते
कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते हुनुभएको छ। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलबारीमा सिँढीबाट चिप्लिएर हात फ्याक्चर भई घाइते हुनुभएको हो।
बालेन्द्रलाई प्रश्न, ‘तपाईको विकास योजना के छ ?’
झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई मतदाताहरुले विकास योजनाबारे जिज्ञासा राखेका छन् ।
चुनावी एजेण्डा संकलन गर्दै निवर्तमान सभामुख घिमिरे
झापा क्षेत्र नं २ बाट नेकपा (एमाले) कोे तर्फबाट उम्मेदवार रहनुभएका निबर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउन र यहाँको समस्याबारे मतदाताहरुसँग सुझाव संकलन थाल्नुभएको छ ।
पुल निर्माणमा लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईको मृत्यु
दाङमा पुल निर्माणका लागि खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ ।
चितवनमा पहिलो पटक सालक सम्मेलन
चितवनको माडीमा नेपालमै पहिलो पटक सालक सम्मेलन सुरू भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सोमबार बिहानदेखि सालक सम्मेलन सुरू भएको हो ।
पुल बन्न नसकेको प्रति मतदाताको गुनासो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न घर–घरमा पुगिरहेका छन् । मतदाताहरूलाई भने दैनिक रुपमा आवत–जावत गर्ने पुलको चिन्ताले सताइरहेको छ ।
भेडा बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि
सल्यानमा मरेका भेडा बाख्रामा ‘ओभरइटिङ रोग’ पुष्टि भएको छ ।
सिआइबीको असई हुँ भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ
आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।
राहत रकम पाउनै मुस्किल
गुल्मीमा विपतबाट बनेका घरको राहत रकम पाउनै मुस्किल हुने गरेको छ । आगलागी र मनसुनजन्य विपतबाट भएका क्षतिका कारण घरबारविहीन भएकाले घर बनाए पनि राहत रकम नआउँदा थप पीडामा हुन थालेको बताएका छन् ।
अब्दुल कलाम वैज्ञानिकदेखि राष्ट्रपतिसम्म
सन् १९३१ अक्टोबर १५ मा भारतको तमिलनाडु राज्यको रामेश्वरममा जन्मिएका अवुल पकिर जैनुलाअबदिन अब्दुल कलाम पछि गएर अब्दुल कलाम नामबाट चिनिए । उनका पिताको नाम जैनुलाब्दीन माराकायार र माताको नाम आसियम्मा जैनुलाब्दीन थियो ।
काठमाडौँमा विश्वब्रान्डका सामग्री मेला
सागर ग्रुपद्वारा आयोजित र एक्स ल्याबद्वारा प्रवर्धित ‘बलेयो एक्स्पेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल मिट एन्ड ग्रिट’ (चौथो संस्करण) काठमाडौंमा सुरुभएको छ । माघ २२ गतेदेखि सुरु भएको यो ६ दिवसीय कार्यक्रम माघ २७ गतेसम्म जारी रहनेछ।
प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारले मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्न थालेका छन् ।
अस्थायी मतदाता तीन हजारभन्दा बढी
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको विवरण सङ्कलन गरेर शनिबार अन्तिम नामावली प्रकाशित गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३०९ जना