विद्यार्थी बढाउन विद्यालयलाई बस सहयोग
टोपलाल अर्यालरेसुङ्गा, वैशाख २६ गते । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले बिद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन बस सहयोग गरेको छ । बर्सेनि बिद्यार्थीहरुको सङ्ख्या घट्दै गएपछि लामो दुरीका बिद्यार्थीहरुलाई सहज बनाउन रुरु क्षेत्र गाउँपालिकाले दुई विद्यालयलाई इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको हो ।रुरु क्षेत्र गाउँपालिका–१ को रिडी मावि र वडा नं ४ को ज्ञवा माविलाई बस प्रदान गरिएको हो । योसँगै रिडी माविले गाउँपालिकाबाट दुई वटा बस पाएको छ । रुरु क्षेत्र गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार ४०÷४० लाख रुपियाँ प्रदान गरिएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो । आफ्नै स्रोत र गाउँपालिकाको बजेटबाट विद्यालय आफैले बस खरिद गरेको पाण्डेयले बताउनुभयो । विगत दुई वर्षमा जनबोध र रिडी माविलाई बस प्रदान गरिएको थियो । बिस २००७ सालमा स्थापना भएको रिडी माविमा ४४४ जना विद्यार्थी रहेका छन् । भने ज्ञवा माविमा २७३ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सामुदायिक बिद्यालयहरुलाई साधन स्रोतसहित गुणस्तरीय शिक्षामा अब्बल बनाउँदै लैजाने गाउँपालिकाको नीति अनुसार बस प्रदान गरिएको बताउनुभयो । विद्यालय टाढा भएका कारण शिक्षाको उज्यालोबाट कोही पनि बञ्जित वा बसाई सर्ने अवस्था नबनोस् भनेर बिद्यालयहरुलाई गाडी प्रदान गरेको ज्ञवालीले बताउनुभयो । उहाँले आगामी वर्ष पनि थप बिद्यालयहरुलाई गाडी प्रदान गर्ने बताउनुभयो ।ज्ञवा माविकामा दुई घण्टा हिँडेर आउने विद्यार्थी पनि छन् । प्रधानाध्यापक नारन ज्ञवालीका अनुसार विद्यालयको क्षेत्र सबैभन्दा टाढा झमादी र ओखलढुगाबाट करिब दुई घण्टा लगाएर ३० जना विद्यार्थी विद्यालय आउने गरेका छन् । उनीहरूलाई माविको अर्को विकल्प छैन । त्यस्तै उल्लीखोला क्षेत्रबाट पनि विद्यार्थी एक÷डेढ घण्टा लगाएर आउने गरेको ज्ञवालीले बताउनुभयो । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो छ । ज्ञवामा ४०० सम्म विद्यार्थी हुने गरे पनि अहिले करिब ३०० विद्यार्थी रहेको विद्यालयले जनाएको छ । विद्यार्थीको लागि बस निर्विकल्प रहेको ज्ञवालीले बताउनुभयो ।
पुनर्स्थापनाको चेपुवामा कर्णाली
इतिहासमा कुनै समय स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न शक्तिशाली खस राज्य अन्तर्गत शासित तथा खस नेपाली भाषा र संस्कृतिको उद्गमस्थलका रूपमा आफ्नो अलग्गै पहिचान र गौरवपूर्ण इतिहास बोकेको भूभाग हो, हालको कर्णाली प्रदेश ।
सडक र पुलमा प्रगति
सङ्घीयता कार्यान्वयन आइसकेपछि तीन तहकै सरकारको प्राथमिकतामा पूर्वाधार विकास पहिलो प्राथमिकतामा परेको छ ।
जनस्वास्थ्यमा आमूल सुधार
वीरेन्द्रनगरमा बस्ने ४५ वर्षीय एक महिलालाई स्तन क्यान्सर भयो ।
प्रदेश सभामा महिला सहभागिता
कर्णाली प्रदेशकी पूर्वप्रदेश सभा सदस्य झोवा विक आफ्नो घरव्यवहार समाल्दै पार्टी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
गैरीगाउँ घटनाको सन्देश
पृथ्वी मानिससहित सबै जीवात्माको साझा घर हो ।
राजनीतिमा छलाङ, कार्यशैलीमा विचलन
राजनीतिक परिवर्तनका हिसाबले नेपालले सङ्घीय गणतन्त्रमा पुगेर छलाङ मारिसकेको छ ।
ढकमक्क फुलेको गुलमोहर
सुर्खेत, वैशाख २६ गते । सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर । तस्बिरः रासस
सबैका लागि न्याय
आज कानुन दिवस । नेपालमा प्रधान न्यायालय ऐन, २००८ मा जारी भए पनि लागु भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, वैशाख २६ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८३ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८ रूपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रूपैयाँ १० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७७ पैसा र बिक्रीदर नौ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १६ पैसा र बिक्रीदर १४ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७१ पैसा र बिक्रीदर २० रूपैयाँ ८० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रूपैयाँ २७ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूयैयाँ ४४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
‘हामी निरोगी नेपालको महासङ्कल्पमा छौँ’
कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुष्ठरोग नियन्त्रण भएको मान्नु पर्छ ।
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
सर्लाही, वैशाख २६ गते । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताउनुभयो । उहाँले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गर्नुभयो । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उहाँको भनाइ थियो । “विद्यालय विद्यालयजस्तो छैन”, छात्र भण्डारीले भन्नुभयो, “विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु रु”, स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उहाँको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उहाँको भनाइ छ । गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ । यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गर्नुभयो ।हरिपुर्वा नगरपालिका–६, श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उहाँको गुनासो छ । शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उहाँले दुःखेसो पोख्नुभयो । यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको अर्का छात्रा रीता महतोले बताउनुभयो । “विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन्, अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन्”, उहाँले भन्नुभयो, “हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता माग राख्दा सुनवाइ भएन ।” साह यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागी बालबालिकाको भनाइ थियो । छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था भोगिरहेको साहले बताउनुभयो । स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा पनि स्कुल वर्षात्मा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरूद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबै विद्यार्थी प्रभावित बनिरहेका सहभागी छात्र राजु रामले बताउनुभयो । गत शैक्षिकसत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद भएको थियो । सोही विवादले निकै समय विद्यालय बन्द रह्यो । परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पठनपाठन रोकियो । यसले परीक्षाको समयमा धेरै समस्या भएको उहाँको अनुभव छ । हरिपूर्वा नगरपालिका–१ निवासी सिम्कनु खातुनले किशोर किशोरीमा क्यान्सरजस्तै गरी फैलिरहेको लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गरिदिन आग्रह गर्नुभयो । विपन्न परिवारका किशोरकिशोरी परिवारका सदस्यलाई समेत दुःख दिएर यस्ता गतिविधिमा संलग्न हुनेक्रम दिनप्रतिदिन बढ्दो रहेको उहाँको अनुभव छ । यस्ता गतिविधि रोक्न स्थानीय सरकार उदासिन भएको उहाँको आरोप छ । कार्यक्रममा नगरप्रमुख साहले छात्रछात्राको प्रश्न तथा जिज्ञासा सुनिसकेपछि उहाँले पनि आफ्ना गुनासो सुनाउनुभयो । निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँदैमा व्यस्त भएको उहाँको भनाइ छ । “बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” नगर प्रमुख साहले भन्नुभयो, “ लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ ।” प्रशासनले तुरून्त कारबाही प्रक्रिया अगाडि नबढाउने र गाउँ समाजले समेत परिवेश र संरचनालाई दोष दिएर उम्किने गरेको उहाँको भनाइ छ । पालिका तथा वडावडामा बालमैत्री पुस्तकालय, कम्प्युटरसहितका कक्षा सञ्चालन गर्न बालबालिकाको आग्रह थियो । नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायतका योजना प्राथमिकताका साथ सुरू गर्नुपर्ने सहभागी छात्रछात्राले माग छ ।
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
म्याग्दी, वैशाख २६ गते । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारण लाइन एकापसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तार बीचको दूरी चार दशमलव पाँच हुनुपर्ने मापदण्ड छ । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पुर्याएको छ ।डाँडाखेत–राहुघाट प्रसारण लाइनको ‘एपीटु’ र ‘एपीथ्री’ नम्बरको टावरको बीचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण सुरू भएको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि एक सय ३० दशमलव आठ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेशनका विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारण लाइन बनाएका हुन् । राहुघाट बेसिनमा ३७।५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन् । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका बताउनुभयो । “जलविद्युत् आयोजनाले हाम्रो लाइन मुनि बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि अटेरी र बेवास्ता गरेका छन्”, उहाँले भन्नुभयो, “१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो ।”यस विषयमा प्रतिक्रिया लिन ठूलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाललाई सम्पर्क गर्दा उहाँहरूले फोन उठाउनु भएन । तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिनुभयो ।
देशका अधिकांश भागको मौसम सफा रहने
काठमाडौँ, वैशाख २६ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
सुशासनसहितको विकास
सार्वजनिक सम्पत्तिको निजी प्रयोग नै भ्रष्टाचार हो ।
वसन्तश्रीको ‘भोट’ प्रकाशित
सााहित्यकार वसन्तश्री लिखित खण्डकाव्य ‘भोट’ प्रकाशित भएको छ । राजनीति सिद्धान्तभन्दा पनि भोट (मत) केन्द्रित भइरहेको कुरालाई खण्डकाव्य भोटमार्फत उजागर गरिएको छ ।
पाण्डेको एकल कविता वाचन
साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रममा कवि पाण्डेसँगै शैलेन्द्र साकार, डा. सृजना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविता वाचन गर्नुभएको थियो ।
‘हलमा दर्शक नआउनु भनेको डरलाग्दो हो’
दीपेन्द्र के खनाल भावना र सम्बन्धमा डुबेर चलचित्र बनाउनेमा परिचित हुनुहुन्छ ।
‘समुन्नति र आर्थिक विकासमा सहकार्य गर्नु पर्छ’
पशुपति क्षेत्र विकास कोषले बलिउड कलाकार, खेलाडीसँगै राजनीतिक दलका नेतालाई पनि भगवान् पशुपतिनाथको दर्शनका लागि आमन्त्रण गरेको छ ।
एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा
एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ ।
बजेटबारे स्थानीय सरकारसँग छलफल
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे बिहीबार प्रदेशका पालिकासँग छलफल गरेको छ ।
निर्यात प्रवर्धनमा लाग्न आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयास गरिरहेको बताउनुभएको छ ।
कुलेखानी तेस्रोको एउटा युनिटमा समस्या
मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजना विद्युत् अधिक माग हुने समयमा पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।
महसुल विवाद निरूपणमा आयोगको सक्रियता आवश्यक
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद निरूपणमा विद्युत् नियमन आयोगले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आयोगको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यो विवाद अब छिट्टै टुङ्गिनुपर्ने पनि बताउनुभयो ।