गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । सागर ग्रुपद्वारा आयोजित र एक्स ल्यावद्वारा प्रवर्धित ‘बलेयो एक्स्पेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल मिट एण्ड ग्रिट’ (चौथो संस्करण) काठमाडौंमा सुरुभएको छ । माघ २२ गतेदेखि सुरु भएको यो ६ दिवसीय कार्यक्रम माघ २७ गतेसम्म जारी रहनेछ।
कार्यक्रममा आगन्तुक र सहभागी ब्रान्डहरूबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकको भनाइ छ। मेलामा नेपालको आफ्नै स्वदेशी ब्रान्ड एक्स ल्याव लगायत विश्वप्रसिद्ध ब्रान्डका सामग्री प्रदर्शनमा राखिएका छन् ।
प्रदर्शनमा अन्तरक्रियात्मक प्रदर्शनीतर्फ नवीनतम प्रविधि र जीवनशैली समाधानहरूको प्रत्यक्ष अनुभव उपभोक्ताले हेर्न पाउने व्यवस्था मिलाएको आयोजकको भनाइ छ ।
साथै विशेषज्ञ तालिम अन्तर्गत प्राविधिक विज्ञहरूद्वारा विभिन्न उत्पादनहरूको प्रयोग र उपयोगिताका बारेमा तालिम प्रदान गर्ने व्यवस्था छ । प्रदर्शनीमा राखिएका सामग्रीहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।
कार्यक्रमबारेमा सागर ग्रुपकी निर्देशक बुद्धलक्ष्मी मानन्धरका अनुसार यो केवल एउटा ब्रान्ड एक्स्पो मात्र नभइ, ग्राहकहरूले आफ्ना अनुभव र सुझावहरू हामीलाई प्रत्यक्ष रूपमा दिने माध्यम पनि हो। उपभोक्ताका आवश्यकता बुझ्न र उनीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यो प्लेटफर्म तयार गरिएको हो ।
त्यसैगरी, क्यान महासंघका वरिष्ठ उपाध्यक्ष र नेपालको अग्रणी साइबर सुरक्षा कम्पनी वान कभरका सीईओ चिरञ्जीवी अधिकारीले मेलाको महत्वबारे प्रकाश पार्दै एक्स्पोले सम्पूर्ण ुकन्जुमर टेक इकोसिस्टमु लाई एकै छानामुनि ल्याएको बताउनुभयो ।