सिद्धार्थनगर, असार ९ गते । रुपन्देहीस्थित गोरखापत्रकर्मी कपिल ज्ञवाली ‘पर्यटन पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित हुनुभएको छ ।
पर्यटन क्षेत्रको बिकासमा खोजमुलक लेख रचना र समाचार लेखेर उच्च योगदान दिएको भन्दै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा भएको २४ औं साधारणसभा तथा १२ औं अधिवेशनको अवसरमा ज्ञवालीलाई नगद, दोसल्ला तथा प्रशंसापत्र सहितको पुरस्कार प्रदान गरिएको हो ।
संघले यो पुरस्कार हरेक बर्ष प्रदान गर्दैआइरहेको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख साबित्रादेवी अर्याल तथा संघका अध्यक्ष लेखनाथ भण्डारीलगायतले सो पुरस्कार ज्ञवालीलाई प्रदान गर्नुभएको हो ।
करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवाली गोरखापत्रमा रुपन्देहीको सिद्धार्थनगर समाचारदाता हुनुहुन्छ ।