‘विद्यार्थी पलायन रोक्न समयानुकूल शिक्षा’
प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिनुभएको छ ।
अबको अभियान अर्थपूर्ण सहभागिता
काठमाडौँ, फागुन २४ गते । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ “जहाँ स्त्रीको पूजा हुन्छ, त्यहाँ देवताको बास
अटो र बाइक ठोक्किदा युवाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालकिा ९ राजावासमा शुक्रबार भएको दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ ।
गोरखापत्रकर्मी सुवेदीलाई मातृ शोक
गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदीलाई मातृशोक परेको छ । पत्रकार सुवेदीकी आमा मीना सुवेदी (७४) को शुक्रबार दिउँसो २ः४१ बजे विराटनगरस्थित घरमै निधन भएको हो ।
चोरी भएको अटो मकवानपुरमा फेला
चितवनबाट गत माघ ७ गते हराएको तीन पाङ्ग्रे सवारी (अटो) मकवानपुरको मनहरी गाउँपालिका–९ मा फेला परेको छ । चितवन जिल्ला रत्ननगर नगरपालिका–१० बस्ने पुष्पमणि शर्माको बा.पं. ०३–०१ ह १२२३ नम्बरको अटो मनहरी –९ स्थित ज्यामिरेनजिक फेला परेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जानकारी दिएको छ ।
४० प्रतिशत महिला श्रम बजार बाहिर
सुदूरपश्चिम प्रदेशका ४० प्रतिशत महिला श्रम बजार बाहिर रहेको एक कार्यक्रममा बताइएको छ । धनगढीमा आज आयोजित मिडियासँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठुलो संख्यामा महिला श्रम बजार बाहिर रहेको बताइएको हो ।
बालबालिकालाई स्टेसनरी र स्कुल ब्याग
हिलिहाङ गाउँपालिका–७ को महादेव आधारभूत विद्यालयमा अध्ययनरत माझी समुदायका बालबालिकालाई स्टेसनरी र स्कुल ब्याग उपलब्ध गराइएको छ ।
अधिकार प्रत्याभूतिबाट समानता हासिल हुन्छ : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले अधिकारको प्रत्याभूतिबाट समानता हासिल हुने बताउनुभएको छ ।
माओवादीको जागरण अभियानले जनतामा नयाँ आशा जगायाे : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताउनुभएको छ ।
जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छ : सभापति देउवा
महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।
नगरप्रमुख र कार्यपालिका सदस्यबिच विवाद, कार्यकक्षमा ताला
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू र कार्यपालिका सदस्यहरूबिच फेरि विवाद सुरु भएको छ ।
लागूऔषधसहित भारतीय नागरिक पक्राउ
सप्तरी प्रहरीले लागूऔषध गाजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सहकारीबाट ८० लाख लुटेको आरोपमा एक पक्राउ
धनुषामा सहकारीको ८० लाख रुपियाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
'सामाजिक नारी आवाज' विमोचन
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा 'सामाजिक नारी आवाज' पुस्तिका विमोचन गरिएको छ ।
कृषकलाई ‘किसान परिचयपत्र’ वितरण
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ ।
मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन घाइते
तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा
गुल्मीको रेसुङ्गा नगरपालिका-३, भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु गरिएको छ ।
वैदेशिक रोजगारीमा चरम श्रम शोषण
वैदिशक रोजगारमा जानेको अहिलेको अवस्था कहालीलाग्दो रहेकोछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन –२०२४’ मा सो अवस्था देखिएको हो ।
अनुदानमा पाएका दर्जनौं कृषि फार्म अलपत्र
कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजिकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् ।
८१ जनाको मोतियाविन्दुको शल्यक्रिया
एक सय २८ जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको छ ।
मध्यपहाडी लोकमार्गः विवाद नमिल्दा निर्माण ठप्प
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिँदा सडक निर्माण सुरु हुन सकेको छैन ।
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
नागरिकता किर्ते गर्ने दुई युवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । दोस्रो व्यक्तिको नागरिकतामा फोटो टाँसेर किर्ते गरी रकम ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सडक कार्यालयका हाकिम र ठेकेदारको लापरबाहीले आठ वर्षदेखि पुल अलपत्र
खाडीचौर –दोलखा जिरी लाइफलाइन मानिने खाडीचौ स्थित सुनकोसी पक्की पुल आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ठेकेदारले पुल निर्माण काम छाडेर बेपत्ता भएपछि लामो समय उक्त मोटरे बल पुल निर्माण हुन सकेको छैन ।
परदेशीको परखाइमा रित्तो गाउँ बस्ती
बाजुराका अधिकांश गाउँ बस्ती यति बेला परदेशीको परखाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवा युवती भारत गएपछि ती गाउँ बस्ती खाली हुँदै गएका थिए ।