शशिधर पराजुली
विराटनगर, फागुन २३ गते । गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदीलाई मातृशोक परेको छ । पत्रकार सुवेदीकी आमा मीना सुवेदी (७४) को शुक्रबार दिउँसो २ः४१ बजे विराटनगरस्थित घरमै निधन भएको हो ।
हिजो साँझसम्म सामान्य अवस्थामा रहनुभएकी उहाँ मधुमेह र उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार दिउँसो अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको परिवारका सदस्यले बताउनुभएको छ । उहाँको पार्थीव शरीरलाई शुक्रबार नै विराटनगर–१ स्थित परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ ।
एघार महिना अघिमात्र बुवा गुमाउनुभएका सुवेदी परिवारलाई एक वर्षभित्र मातृवियोगको पीडा थपिएको छ । साहित्य समालोचक तथा प्राज्ञ दधिराज सुवेदीको गत वर्ष चैत ११ गते निधन भएको थियो । सुवेदीका दुई छोरा र एक छोरी हुनुहुन्छ ।